राष्ट्रिय जनमोर्चा संगठन विस्तार अभियानमा : बोहरागाउँ र बोबाङमा समिति गठन !

सुमन सुनार, बुर्तिवाङ, २०७३ माघ २३ । राष्ट्रिय जनमोर्चाले जिल्लाको पश्चिम क्षेत्रको बोबाङ र बोहरागाउँ गाउँ विकास समितिमा संगठन निर्माण कार्यलाई तिव्र पारेको जनाएको छ । जनमोर्चाले मनाईरहेको अक्टोबर क्रान्तिको सत वार्षिकीका अवसरमा जिल्ला समिति बागलुङले सञ्चालन गरेको संगठन विस्तार तथा सदस्यता वितरण अभियान जिल्लाको पश्चिममा सुचारु भएकोे छ ।

यसैबीच शनिवार बोबाङ गाउँ विकास समितिमा वडा नं. ४ मा संगठन निर्माण गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य धनबहादुर अदैले बताए ।

वोबाङको वडा नं. ४ मा वडा भेला गरि होमबहादुर विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन भएको छ । जस्को उपाध्यक्षमा टेकबहादुर विक सचिवमा ढालबहादुर विक र कोषाध्यक्ष रुपा विक,सहित अरु सदस्यहरु रहेका छन् ।

यस अघि बोबाङको वडा नं. ७, ८ र ९ मा पनि संगठन निर्माण गरिएको बताइएको छ । संगठन निर्माण अभियानमा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य पनबहादुर विक तथा बोबाङ ग्राम समितिका सचिव एवं एरिया सदस्य दीपक थापा सहितको १५ सदस्यीय टोली खटिएको छ ।
जिल्ला संगठनको कार्यक्रम अनुसार प्रत्येक वडा वडामा संगठन निर्माण, सदस्यता नविकरण तथा वितरण लगायतको अभियान सञ्चालन गरिएकोे छ ।

यसैबीच बोहरागाउँ गाउँ विकास समितिको वडा नं. १ र २ मा पनि शनिबार नै वडा कमिटि गठन भएको छ । जस अनुसार वडा नं. १ मा विक्रम सिर्पालीको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटि गठन भएको छ । जस्को उपाध्यक्षमा हुमे सिर्पाली, सचिवमा आसा सिर्पाली, सह सचिवमा गोपी सिर्पाली, कोषाध्यक्षमा फुर्सि सिर्पाली लगायत अरु सदस्यहरु रहेका छन् ।

यस्तै वडा नं. २ मा चक्रबहादुर कुवँरको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटिको गठन भएको छ । जस्को उपाध्यक्षमा नन्दराम सुनार, सचिवमा राजेन्द्र शाही सह सचिवमा छविलाल सुनार र कोषाध्यक्षमा छनमति सुनार चयन भएका छन् ।

यस्तै वडा नंं १ र २ मा अखिल नेपाल महिला संघको पनि समिति गठन भएको बताइएको छ । छनमति सुनारको अध्यक्षतामा ९ सदस्यीस समिति गठन भएको छ ।

जस्को उपाध्यक्षमा गोपी सिर्पाली, सचिवमा कौशिला सुनार, सह सचिव धनी सुनार, कोषाध्यक्षमा श्यामकुमारी सुनार सहित अन्य सदस्यहरु रहेका छन् ।

संगठन विस्तार अभियानमा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे र खिमविक्रम शाही सहितको एक टोली परिचालन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *