अन्चल अस्पतालमा पहिलो पटक बागलुङ जिल्ला बाहिरका व्यक्ति अध्यक्ष नियुक्त !

बागलुङ २०७४ माघ ६ । स्वास्थ्य मन्त्रालयले धौलागिरी अन्चल अस्पताल बागलुङको अध्यक्षमा म्याग्दी वेनपा भकिम्लीका राम्जी प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । बागलुङ जिल्ला बाहिरका व्यक्तिलाई अस्पतालको अध्यक्ष नियुक्त गरेको यो पहिलो घटना हो ।

यस अघीका अध्यक्ष मन्जेश वम मल्ल बागलुङ जिल्ला क्षेत्र नं २ को क प्रदेशबाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसबाट उमेदवारी प्रस्तुत गरेपछी रिक्त हुन आएको अध्यक्ष पदमा मन्त्रीस्तरीय निर्णयबाट सुवेदी नियुक्त भएका हुन् ।

नेपाली काँग्रेसका गगन थापा स्वास्थ्य मन्त्री भएका बखत मन्जेशवम मल्ल अध्यक्षमा नियुक्त भएका थिए भने हाल सुवेदी राप्रपा प्रजातान्त्रिकबाट स्वास्थ्य मन्त्री बनेका दिपक बोहोरको निर्णयबाट नियुक्त भएका हुन् ।

सरकारमा जुन पार्टीको स्वास्थ्यमन्त्री हुन्छ सोहि पार्टीको कार्यकर्तालाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गर्ने प्रचलन रहेको छ ।

नवनियुक्त अध्यक्ष सुवेदीको कार्यकालमा धौलागिरी अन्चल अस्पतालको व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *