Menu

घुम्टे बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा सम्पन्न

सुरेश छन्त्याल, पाण्डबखानी २०७४ माघ ६ । घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका १० पाण्डबखानीको ८ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।सहकारीका अध्यक्ष हिमा श्रीसको सभापतित्व गल्कोट नगरपालिका १० पाण्डबखानीका अध्यक्ष तिलक घर्ती मगरको प्रमुख आतिथियतामा पुर्व सांसद निरज पुन, समाजसेवी मानसिह छन्त्याल, वडा सदस्य धनबहादुर सुनार, दिप घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा आर्थिक वर्ष २०७४ सम्मको कारोवार रु १ करोड २० लाख ४७ हजार १७४ भएको जानकारी दिईएको थियो । सहकारीमा ४७९ शेयर सदस्य र बाल बचत ३०२ रहेको छ।

कार्यक्रममा उपस्थित हुने शेयर सदस्यलाई रु १०० प्रदान गरिएको थियो भने कार्यक्रममा विभिन्न व्यक्तिलाइ सम्मान गरिएको थियो।
तेजकुमारी पुनको स्वागत र आशा श्रीसको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *