एमाले खर्वाङव्दारा श्रद्धाञ्जली कार्यक्रम

कमल पौडेल, खर्वाङ २०७४ माघ ६ । नेकपा एमाले बडीगाड गाउँपालिका वडा नं. २ खर्वाङ, बागलुङको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। अनेरास्ववियू जिल्ला कमिटि सदस्य अनिष पाठककी हजुर आमा हरिकला पाठकको १३ औं दिनको पुण्य तिथिमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ४ का सदस्य प्रेम खरेल, नेकपा एमाले जिल्ला कमिटि सदस्य विना थापा, अनेमसंघ प्रदेश कमिटि सदस्य हिमा खरेल, लगाएतलको सहभागिता रहेको थियो।

कार्यक्रममा परिवारको सदस्यको तर्फवाट अनेरास्ववियूका जिल्ला सदस्य समेत रहेका अनिष पाठकले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा एमाले वडा संगठन कमिटिका उपाध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा सचिव प्रयास पौडेलको संचालनमा सम्पन्न भएको थियो। पाठकको गत पुस २३ गते निधन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *