Menu

आयो ! आयो ! विहान ९ बजे गएको भरखर ५ बजे आयो …!

बागलुङ २०७४ माघ ५ । बेलामौकामा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हुने गर्दा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । आज त्यस्तै भयो । विहान ९ बजेतिर बाट गएको ईन्टरनेट सेवा भरखर ५ बजे पछी आयो । इन्टरनेट सेवा अवरुद्ध हुँदा बैँकिक लगायत विभिन्न कार्यालय तथा निजी निकायहरुमा काम ठप्प रहे । यसले सन्चार क्षेत्रलाई नराम्ररी प्रभावित बनायो ।

के सिस्टमले काम नगर्दा यस्तो हुन गयो त्यो टेलिकमलाई थाहा होला, तर यसरी ८ घण्टा सम्म इन्टरनेट अवरुद्ध हुँदा सेवाग्राहीलाई परेको मर्कालाई नेपाल टेलिकम बागलुङले हलुकारुपमा लिनु गैरजिम्मेवारी हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *