हटियाको बतासे डाँडामा ट्याक्सी दुर्घटना : चालक सहित ६ जना घाईते, ५ जना पोखरा रिफर !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ ५ । गल्कोट हटियामा गल्कोट यातयात प्रालिबाट सञ्चाललित ध १ ज ५१७ नम्बरको ट्याक्सी दुर्घटना भएको छ । हटिया बजार देखि गल्कोट नगरपालिका वडा नम्बर ४ खरुवा जादै गर्दा हटियाको बतासेडाडाँ भन्ने ठाउमा दुर्घटना हुदाँ चालक सहित ६ जना यात्रु घाईते भएका छन ।

चालक बाहेक पाँच जना घाईते मध्य गम्भीर तिन जनालाई हेलिकप्टर र अन्य २ जनालाई एम्बुलेन्सबाट पोखरा पठाईएको छ ।

ए। ट्याक्सीमा हटियाका ५८ बर्षिय ईश्वर गौतम, उनका ज्वाँई बरेङ गाउपालिकाका ३७ बर्षिय मिलन पौडेल, ११ बर्षिय बिजय पौडेल, ७ बर्षिय सुगम पौडेल र २९ बर्षिय भगवती पौडेल रहेका छन् । भगवती गौतम र ईश्वर गौतमलाई टाउकोमा चोट लागेको छ । भगवती गौतम गम्भिर घाईते भएको अस्पतालले जनाएको छ ।

ट्याक्सी मध्यपहाडी लोकमार्ग देखि करिब १ सय मिटर तल खसेको प्रत्यक्षदशीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *