मेयर कप फुटबलका लागि बानपाले जिल्ला खेलकुदलाई रु १५ लाख २८ हजार दिने

बागलुङ २०७४ माघ ५ । प्रदेश नम्बर ४ स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालनको लागि बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समिति बागलुङ विच बिहीबार सम्झौता भएको छ ।

सम्झौता अनुसार शहिद दिवसको अवसरमा बागलुङमा हुन लागेको सर्वािधक धनराशिको मेयर कपको सम्पूर्ण व्यवस्थापन गर्नको लागि नगरपालिकाले जिल्ला खेलकुद विकास समितिलाई १५ लाख २८ हजार ४ सय ३३ रुपैयाँ दिने छ ।

मेयर कपको सम्पूर्ण व्यवस्थापकीय जिम्मेबारी जिल्ला खेलकुद विकास समितिले गर्नेगरी सम्झौता भएको खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले जानकारी दिए ।

प्रदेश नम्बर ४ का नगरपालिका स्तरिय उक्त प्रतियोगितामा २० टिम हुनसक्ने आयोजकले जनाएको छ । प्रतियोगिता बागलुङ नगरपालिका–१को बाङ्गेचौर खेलमैदान र बागलुङ नगरपालिका–१० को भकुण्डे खेलमैदानमा संचालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख २२ हजार २ सय २२ र१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले सम्मान ५–५ हजार प्राप्त गर्ने आयोजकले जानएको छ । यस्तै प्रतियोगिताको समेमिफाइनल पुग्ने टिमका खेलाडीहरुलाई प्रतिदिनको भत्ताको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *