Menu

प्रतिमा विश्वकर्मा र ताराकान्त विकको ‘चन्चले तिम्रो बानी…’ बजारमा

बागलुङ २०७४ माघ ५ । निकै सुमधुर स्वरकी धनी लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा र उनको आफ्नै दाजु गायक ताराकान्त वि।क। को लय शब्द साथै चर्चित गायक तथा मोडल प्रकाश सपुत र मुना रसाईलीको दमदार अभिनयमा रहेको लोक दोहोरी गीत चन्चले तिम्रो बानी सारङगी संसार युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

छोटो समयमै दर्जनौँ गीतमा स्वर भरिसकेकी गायिका प्रतिमा विश्वकर्माको यो भने उनको आफ्नो दोस्रो एल्बम हो । यस भन्दा अगाडि सज्जन कुमार सिंहको लय शब्दमा, गायक तथा नेपालका कुशल सारङगी बादक कमल कुमार वि।क। र गायिका प्रतिमा विश्वकर्माको सुमधुर स्वरमा बाटो बर्खाको लोक दोहोरी गीत बजारमा ल्याईसकेकी थिईन । जुन गीत निकै चर्चामा रहेको थियो साथै बर्खाको समयका लागि सदाबहार गीत पनि हो ।

दुई दाजु बहिनी प्रतिमा विश्वकर्मा र ताराकान्त विश्वकर्माको संयुक्त प्रस्तुतीमा रहेको चन्चले तिम्रो बानी विषेश गरी युवापिढीहरु प्रति लक्षित गीत हो । उक्त गीत भित्र फेसबुकमा कुराकानी हुँदै भेट भए पछि माया भनेको २ दिनका लागि होईन जुगै जाने हुनु पर्दछ भन्ने सन्देश दिदै चोखो मायामा बाँधिने बाचा गरेका जोडीहरुको कथा बस्तु भेट्न पाईन्छ ।

यस गीत सुर डिजिटल रेकर्डिङ स्टुडियो डिल्लीबजार काठमाण्डौमा रेकर्डिङ भएको भने म्युजिक एरेन्ज कुशल एरेन्जर रमेश सेन्चुरीले गरेका छन । साथै बाद्यबादन तर्फ, सारङगीः कमल कुमार वि।क।, बाँसुरीः रत्न बि।क। उत्सुक, ड्रम प्रोग्रामिङ ९अक्टोप्याड० राकेश सोनी, रिदम ९मादल, तबला, ढोलक०ः भुवन गन्धर्भ को रहेको छ ।

गीतको भिडियो निर्माण, फ्लिम तथा म्युजिक भिडियो कम्पनी जे।आर।सी। मिडिया अनामनगर काठमाण्डौले गरेको छ भने निर्देशन तथा सम्पादन निर्देशक जीवन सेन्चुरीले गरेका हुन । भिडियो निर्माण निकै फरक किसिमले गरिएको छ र भिडियो क्वालिटी फोर के क्वालिटीमा निर्माण गरिएको निर्देशक जीवन सेन्चुरीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *