काठेखोला ५ बिहुँमा माघे सक्रान्ति मेला चौथों दिन पनि जारी !

भरत सापकोटा, बागलुङ २०७४ माघ ५ । काठेखोला ५ बिहुँ गौश्वारा स्थित बिहानी युवा क्लव र मिलन महिला समुहले संयुक्त रुपमा आयोज गरेको माघे सक्रान्ति मेला चौथों दिन पनि जारी रहेको छ ।

हिँजो बिहीवारको कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष शिव प्रसाद कडेंलले यस क्षेत्रमा रहेका लख्खेश्वर मन्दिर र उत्तरगंगामा रहेको सह्राधारा संरक्षण गर्ने कार्ययोजना बनाएको बताउदै आफ्नो ५ बर्षे कार्यकाल भित्र त्यसो स्वरुप नै परिवर्तन गर्ने उदेश्यका साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बिहानी युवा क्लवका अध्यक्ष सुंबेदार कृष्णबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु ज्ञानकुमारी श्रीस शर्मा, महेन्द्र पुन, अमर माध्यमिक विद्धालयका प्रधानाध्यापक भिष्म कडेंल लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा खुल्ला पुरुष भलिवल प्रतियोगिताको सेमिफ़ाइनलमा बिहानी युवा क्लव सेतोलाई पराजित गर्दै समाज विकास युवा क्लव राहाले फाईनलमा प्रवेश गरेको छ भने सृजना साँस्कृतिक युवा क्लव लाई पराजित गर्दै जनशान्ति युवा क्लव फाईनलमा प्रवेश गरेको छ।

बिहानी युवा क्लवका सचिव भक्तबहादुर पुनको स्वागत रहेको कार्यक्रमा बिभिन्न संस्कृति झल्किने नाचहरु साथै राष्ट्रिय र स्थानिय कलकारहरु को प्रस्तुतिले थप आकर्षक बनेको थियो ।

सो कार्यक्रमको संन्चालन विहानी युवा क्लवका सदस्यहरु दुर्गा पुन र भरत पुनले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *