मृगौला फ़ेल भएका शंकरलाई बचाई दिन परिवारको आग्रह

भरत प्रसाद सामकोटा बागलुङ बिहुँ, २०७४ माघ ५ । काठेखोला वडा ५ बिहुँ काउलेका श.कर बहादुर दर्जीलाई लामों समय देखि दुबै मृगौलले काम गर्न छोडेपछीकसरी उपचार गराउने भन्ने समस्याले सताउन थालेको छ।

बैशाख महिना देखि मृगौलाले काम गर्न छाडेपछि उनी हाल हस्पिटलमै डायलसिस गराउदै आएका छन् । उनको उपचारमा ठुलो ख़र्च लागि सकेको र उनको आर्थिक अवस्था निक्कै नै कमजोर रहेकाले मृगैला प्रत्यारोपण गराउन ठुलो खर्च लाग्ने हुनाले उनकी श्रीमती डिलकुमारी दर्जी ले आफ्नो श्रीमान को ज्यान बचाउन सबैलाई आग्रह गरेकी छनन। ७ छोरी र एक छोरा रहेका उनको परिवारमा बिहान वेलुका अरुको काम गरि छाक टारेका उनको उनि नै थला परेपछि कसरी छाक टार्ने भन्ने समस्याले पिरोली रहेको उनकी श्रीमती डिलकुमारीको भनाई छ।

त्रि वि शिक्षण अस्पताल पोखरामा उपचार गराईरहेका उनको त्यहाँ उपचार हुन नसकेपछि टिचिङ्ग हस्पिटल महाराजगंज काठमाण्डौ लगिएको बताउदै अहिले सम्म रु ३लाख रुपयाँ खर्च भईसकेको भाई मन बहादुर दर्जीले जानकारी दिए । उनले भने प्रत्यारोपण गर्ने कुरा त कसरी गर्न सकिएला र डायलिसिस गर्न समेत आर्थिक अभाव भएकाले सबै लाई सहयोग गर्न अपिल गरेका छन् ।

परिवारको आग्रहमा हाल सहयोग गर्न चाहुनुहुने जो कसैले बिहुकोट अनलाईका संन्चालक भरत सापकोटा हिमालय बैंक बाग्लुङ को खाता नम्बर ०२९०३७३५८७०१४ सम्पर्क नम्बर ९८५११३८२८५ मा रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *