Menu

फोटोग्राफर संघ बागलुङको नयाँ नेतृत्वमा नारायण गौतम सर्वसम्मत !

बागलुङ, २०७४ माघ ४ । फोटोग्राफर संघ बागलुङको अध्यक्ष पदमा नारायण गौतम सर्वसम्मत चयन भएका छन् । संघको बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा काजीमान गुरुङ, सचिवमा आत्मराम पौडेल, सह–सचिवमा दिपकराज शर्मा, कोषाध्यक्षमा निलाम्बर बज्राचार्य र पदेन सदस्यमा निवर्तमान अध्यक्ष भरत शर्मा रहेका छन् ।

संघमा आवद्ध बाँकी सबै फोटोग्राफरहरु कार्य समिति सदस्यमा चयन भएको संघले जनाएको छ ।

अधिवेशनको उद्घाटन गर्दै संघका पूर्व अध्यक्ष गगनलाल शाक्यले संघले फोटो व्यवसाय र ग्राफरहरुको हितमा काम गर्नुपर्ने बताउदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई समेत दिएका थिए ।

संघका कानुनी सल्लाहकार हरिप्रसाद गौतमले फोटोग्राफीको इतिहासको बारेमा प्रकाश पारेका थिए ।

नवनिर्वाचित अध्यक्ष गौतमले संघको संस्थागत विकास र फोटोग्राफरको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । संघका निवर्तमान अध्यक्ष भरत शर्माको अध्यक्षता, उपाध्यक्ष नारायण गौतमको स्वागत र द्वितिय उपाध्यक्ष काजीमान गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *