धौलागिरी बहुमुखी क्याम्पसको वार्षिकोत्सव : पढाईको गुणस्तर खस्किएकोमा चिन्ता व्यक्त !

विजय राना, बागलुङ २०७४ माघ ४ । धौलागिरी बहुमुखी क्याम्पसले आफनो ५५ बार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा क्याम्पसमा आयोजित धौलागिरी बहुमुखी क्याम्पस वर्तमान र आगामि कार्यक्रम विषयक अन्तरक्रियामा बोल्दै क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले क्याम्पसमा स्नातकोत्तर र स्नातक तहमा सेमेष्टर प्रणाली लागेगर्ने योजना रहेको बताएका छन् ।

क्याम्पसमा पढाईको गुणस्तर कमजोर भएको र विद्यार्थी संख्या घटिरहेको समयमा गुणस्तरीय शिक्षाको लागि निकट भविष्यमै सेमेष्टार प्रणाली लागु गरिने योजना बनाएको उपाध्यायले बताए ।

अन्तक्र्रियामा अवधारणा–पत्र प्रस्तुत गर्दै क्याम्पस प्रमुख उपाध्यायले धौलागिरीकै एक मात्र आंगिक क्याम्पस आर्थिक संकटमा फस्दै गएको बताउँदै खोज तथा अनुसन्धान मुलक अध्ययनको लागि स्थानीय तहले पनि सहयोग गर्नु पर्नेमा जोड दिनु पर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा व्यवसायको लागि भन्दा पनि जीवनको लागि हुनु पर्नेमा जोड दिएका थिए । पछिल्लो समय शिक्षा जीवन जीउने कला र समाजको लागि भन्दा व्यवसायको लागि बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो ।

अधिकांश वक्ताले पछिल्लो समय शिक्षाको गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । प्रदेश न. ४ मा पि.एन क्याम्पस पछिको ठूलो क्याम्पस भए पनि व्यवस्थापकीय कमजोरीका कारण खोज तथा अनुसन्धानमुलक पढाइको गुणस्तर कमजोर भएको प्रति चिन्ता व्यक्त गरिएको थियो ।

कार्यक्रममा कृष्णप्रसाद न्यूरे, देवबहादुर श्रेष्ठ, शैलेन्द्र कुमार श्रेष्ठ, गणेश थापा, लालबहादुर थापा, कुमार क्षेत्री लगायतले मंतव्य व्यक्त गरेका थिए ।
वक्ताहरुले गुणस्तरीय शिक्षाको लागि समुदायका सबै पक्षको सहयोग रहनु पर्नेमा समेत जोड दिएका थिए । प्रध्यापक, विद्यार्थी, अभिभावक, स्वतन्त्र विद्यार्थी युनियन लगायतका विभिन्न क्षेत्रको पूर्ण सहयोगले शिक्षालाई गुणस्तरीय बनाउन सकिने भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *