Menu

बागलुङमा पहिलो पटक नेपाल मुवाँ थाई संघ गठन : अध्यक्षमा लामिछाने चयन !

बिक्रम सुनार, बागलुङ २०७४ माघ ४ । बागलुङमा पहिलो पटक सुजन लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नेपाल मुवाँ थाई संघ गठन भएको छ । समितिको उपाध्यक्षमा महेन्द्र खडका, सचिवमा हरि पौडेल र कोषाध्यक्षमा कामना पुन चयन भएका छन भने मितिको सदस्यहरुमा अशोक थापा, जीन्दगी थापा, तुल बहादुर थापा, सुरज छन्त्याल, दिनेश श्रेष्ठ, निर्मल थापा र कमला कुँवर रहेका छन् ।

समिति गठनको उदघाटन समारोहमा बोल्दै जिल्ला खेलकुद विकास समितिका बागलुङका अध्यक्ष धनबहादुर परियारले जिल्लामा खेल क्षेत्रको विकासका लागि सम्वन्धित संगठनले क्रियाशीता देखाउनुपर्ने उल्लेख गर्दै जिल्लाको हकमा हाल सम्म २५ वटा खेलका संगठन भएतापनि निष्क्रिय भएकाले खेलाडी उत्पादन र खेलको विकास विस्तार हुन नसकेको बताए ।

सोही अवसरमा नवनिर्वाचित अध्यक्ष लामिछानले जिल्लामा अन्य खेलका संगठनहरुले आशावादी मुलक कार्यक्रम नगरेको र निष्क्रिय रहेता पनि मुवाँ थाई संघलाई खेलाडी उत्पादन र खेल विस्तारका लागि आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल मुवाँ थाई संघ केन्द्रिय उपाध्यक्ष दिपक गोदारले खेलको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल मुवाँ थाई संघ केन्द्रिय उपाध्यक्ष दिपक गोदारको अध्यक्षता, जिल्ला खेलकुद विकास समिति बागलुङका सदस्य सचिव भिमसेन शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *