जापानमा कारको ठक्करबाट बागलुङका एक युवकको मृत्यु

बागलुङ २०७४ माघ ३ । दुुई वर्ष पहिले कुक भिसामा जापान गएका बागलुङ नगरपालिका ६ का ३० वर्षिय किरण सापकोटाको सडक दुर्घटनामा मृत्यु भएको छ ।
उनी मंगलबार राति जापानको इसिखावा राज्यको खानाजावा शहरमा रहेको एक रेष्टुराँमा काम गरेर कोठामा फर्कने क्रममा पछाडी बाट आउँदै गरेका निजी कारले पैदल हिँडिरहेका सापकोटालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बताईएको छ ।

मृतकका दाजु रामचन्द्र सापकोटाका अनुसार मृतक किरण सापकोटाको अन्तिम दाहसंस्कार भोलि बिहीवार गरिने तयारी गरिएको सहकर्मी मेघराज रिष्मेलीले जानकारी दिएका छन् । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *