Menu

धौलागीरी चोकका उपभोक्ताहरु आन्दोलित, टोल सुधार समिति गठन !

बुर्तिबाङ, २०७४ माघ ३ । बुर्तिवाङ बजारको धौलागीरी चोकका उपभोक्ताहरुको भेला आज सम्पन्न भएको छ । धैलागीरी टोलबासी जीतबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा केहीदिन अगाडी धवलागीरी चोक स्थित खानेपानीको धारा बन्द गरिएको कारण उपभोक्ताहरुले झेल्नुपरेको सम्स्यालाई मध्यनजर गरी बिभिन्न सर्तहरु उल्लङ्घन नगर्ने निर्णय गर्दै आज धारो खुल्ला गरिएको छ । साथै धवलागीरी चोकको सुधार गर्नका निम्ती स्थानीय धन बहादुर कुवरको अध्यक्षतामा धौलागीरी चोक टोल सुधार समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा यामु पौबी , सचिबमा मनकुमारी गैरे , कोषाध्यक्षमा छबिलाल गीरी लगायत अन्य सदस्यहरु रहेका छन् ।

यसैबिच समितीका अध्यक्ष धनबहादुर कुवंरको अध्क्षतामा आजै बैठक बसी बिभिन्न निर्णयहरु गरीएको समितीका सचिब मनकुमारी गैेरेले जानकारी दिईन् ।
उनले दिएको जानकारी अनुसार धवलागीरी चोक टोल लक्ष्मी बैकं रोड र संगमचोक हुदै नेपाल बैकरोड सम्म बगेको पानीको कारणले जलप्रदुषण बढ्नुका साथै बाटो हिलाम्मे भएको हुदा , बाटोमा हिड्न तथा सवारी साधन चलाउन असुबिधा भएकाले तत्काल ढल निर्माणको कार्यलाई अगाडी बढाउन ढोरपाटन नगरपालिकामा अनुरोध गर्ने निर्णय भएको छ ।

समस्याको तत्काल समाधान गर्न माग गर्दै आज बुर्तिबाङ नयाँ शहर बिकासमा डेलिगेसन गएको र यस बिषयमा भोलि नगरपालीकाका छलफल हुने समितीका अध्यक्ष कुवंरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *