Menu

सरकारले तोक्यो सातै प्रदेशको प्रमुख र अस्थायी मुकाम !

काठमाडौं, २०७४ माघ ३ । आज बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको प्रदेश प्रमुख तोकेको छ । प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वर कायस्थ, प्रदेश ३ अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल रहेका छन् ।

यसैगरी सरकारले सातै प्रदेशको अस्थायी मुकाम तोकेको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *