Menu

साताको तस्वीर : निसीको पुतली नाँच !

शव्द/चित्र : राम सुवेदी

बुर्तिवाङ २०७४ माघ ३ । बागलुङ जिल्लाको पश्चिम सीमानामा रहेको निसीखोला गाउपालिका साविक निसी गाविसको भल्कोटमा प्रत्यक वर्ष परम्परागत रुपमा मनाईने माघे सक्रान्ति (माघी) मेला अहिले जारी छ । जिल्लाका विभिन्न भागहरुमा मनाईने चाडबाड, मेलापर्वहरुमा निसी भल्कोटको माघी मेलामा प्रदर्शन गरिने ‘पुतली नाँच’ विशेष मानिन्छ । यस पुतली नाँचको आफ्नै संस्कृति, आफ्नै परम्परा, आफ्नै भेषभूषा र आफ्नै परम्परा र ईतिहास रहेको छ ।

साँस्कृतिक एवं ऐतिहासिक महत्व राख्ने माघे सक्रान्ति मेलाको क्षेत्र नं २ को ख प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरले भव्य कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।

बिगत केहि वर्षहरुदेखी निसीको तिलाचन युवा क्लबले मेलाको व्यवस्थापन गर्दै आएको छ । माघी मेला, पुतली नाँच लगायत अन्य प्रतियोगितात्मक खेलहरुको आयोजना गरि मनाईने यस मेलाको समापन ३ दिन पछी गरिने आयोजकले जानकारी दिएका छन् ।

पुतली नाँच सँगै देखाईने भालु नाँच हेर्नको लागी बागलुङ, रुकुम, रोल्पा, प्यूठान, गुल्मी जिल्लाहरुबाट निकै दर्शकहरु आउने गर्छन् । अहिले मेला भर्न आउनेहरुको उपस्थिति बाख्लो रहेको छ ।

मेला अर्थात पुतली नाँचका अवसरमा पहिले पहिले जस्तो छाडा संस्कृतिलाई क्रमश कम गरिदै लगिएको आयोजकले बताएका छन् । बिरामी पर्दा, देउता जगाउदा, रोगव्याध हटाउनका लागि निसेलहरुको आफ्नै सस्कार रहेको छ, जुन लोपको सँघारमा पुगेको छ । निसीमा मात्र देखिने यो सँस्कृतिलाई जगेर्ना गर्ने महत्वपूर्ण जिम्मेवारी युवाहरुको काँधमा आएको बुढापाकाहरुले बताएका छन् ।


***निसी भल्कोटमा लाग्ने माघी अर्थात ‘पुतली नाँच’ र यससंग सम्वन्धित अन्य जानकारीका लागि ईबागलुङका संपादक राम सुवेदीको गतवर्ष ईबागलुङमा प्रकाशित तल दिईएको ऐतिहासिक लेख पढ्न विशेष अनुरोध छ ।

आफनै भेष र भाषा, आफनै कला र संस्कृतिको पहिचान : निसीको माघी मेला !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *