यस वर्षपनि मनाईयो लेवाङमा ‘होरे मेला’ : हेरौं तस्वीर

राम सुवेदी, बुर्तिबाङ २०७४ माघ ३ । हरेक वर्ष जस्तै यस वर्षपनि निसीखोला गाउँपालिका वडा नं. १ लेबाङमा माघे सक्रान्तिका अवसरमा होरे मेला आयोजना गरियो । स्थानीय गोर्खा व्यायज युवा क्लब लेबाङले मेलाको व्यवस्थापन गर्दै आएको छ ।

जनजाति तथा दलित समुदायको मुख्य वस्ति रहेको लेवाङमा परापूर्व कालदेखिनै होरे खेल्ने परम्परा निरन्तर छ । होरे खेल्दा समाजमा नपच्ने शब्द चयन गरिएको गीत युवाहरुले गाउँने गर्दछन् । कतिपय समयमा यस्तो प्रचलन हटाउनु पर्छ भन्दै गाउँलेहरुले नै यो संस्कारलाई रोके तर स्थानीयको विश्वास के छ भने होरे खेलिएन भने गाउँमा खडेरी पर्छ, बस्तु भाउ विरामी पर्छन मर्छन, विभिन्न रोग व्याधीले सताउँछ, त्यसकारण पनि हारे खेल्नै पर्ने बाध्यता भएको स्थानीय मेला व्यवस्थापक सागर पुनले बताए ।

होरे खेल्दा पुरुष युवाहरु फाउगीत गाउँछन् । गाउँको माथिल्लो जंगलमा पुगेर विधिसंगत पूजा आजा गरि होरेटोली हातमा ढ्याङरो र घण्टी बजाउँदै गाउँ परिक्रमा गर्छन । हरेक वर्षको माघ २ गते उनीहरुले गाउँमा होरे खेल्दै आएको र आफूहरुले थाहा पाएदेखि यो प्रचन देख्दै आएको स्थानीय शिक्षक ओमबहादुर पुनको भनाई छ ।

यस वर्षपछि लेवाङमा परम्परागत होरे खेलियो । स्थानीयलाई आफ्नो परम्परा र संस्कृति रहेकाले त्यत्ति अनौठो लाग्दैन तर पहिलो पटक त्यहाँ पुग्ने जो सुकैलाई होरे परम्परा र संस्कृति अनौठो अवश्य लाग्छ । तर माघ २ गतेका दिनदेखि उनीहरुले त्यो परम्पराको असर चटक्कै विर्सन्छन् । होरेलाई एक परम्परा हो भोर उनीहरुले राम्ररी बुझेका छन् ।

मेलाको उद्घाटन ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *