Menu

त्रिभुवन माविले जुटायो झण्डै आधा करोड आर्थिक रकम

गुल्मी २०७४ माघ ३ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत झण्डै आधा करोड आर्थिक रकम जुटाएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई नमूना बनाउन र प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य अनुसार विद्यालयले रु ४२ लाख, ३५ हजार, ९ सय,२३ रुपैया बराबरको आर्थिक सहयोग जुटाएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए ।
विद्यालयको स्वर्ण महोत्सवलाई लक्षित गदै विद्यालयले आर्थिक संकलन अभियान मार्फत उक्क्त रकम जुटाएको हो । विद्यालयले आफ्नो ५० बर्ष पूरा गरेको अवसरमा आँउदो फागुन १ देखि ५ सम्म विद्यालयले बृहत रुपमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *