साताको तस्वीर : बुर्तिवाङमा मगर माघे सक्रान्ति !

शव्द/चित्र, राम सुवेदी

बुर्तिवाङ २०७४ माघ १ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा आजदेखि मगर समाज सेवा केन्द्रको आयोजनामा मगर माघे सक्रान्ति मेला सुरु भएको छ । दुईदिनसम्म चल्ने उक्त मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ । कार्यक्रममा ग्रामीण विकास मञ्चका कलाकारहरुले मगर सालैजो, कौडा भाकाका गीतमा नृत्य पर्दशन गरेका थिए भने राष्ट्रिय कलाकारहरु श्रीराम थापा, चीना थापा र भविकला घर्तिको समेत प्रस्तुति रहेको थियो । बुर्तिवाङमा मगर समाजले गत वर्ष देखी मगरहरुको माघे सक्रान्ति मेलाको आयोजना गर्न सुरु गरिएको हो ।

बागलुङ क्षेत्र नं २ को प्रदेश नं. २ का प्रदेशसभा सदस्य टेकबहादुर घर्ति मगरले उदघाटन गर्दै स्थानीय कला, संस्कृति, परम्परा, भेष भुषा र समुदायको पर्वलाई संरक्षण गर्दै छरिएर रहेका सबै जातजाति वर्ग धर्मका समुदायलाई एउटै मालामा गाँस्न यस्ता पर्वले महत्वपूर्ण स्थान राख्ने बताए ।

मगर समाज सेवा केन्द्रका उपाध्यक्ष शेरमान घर्तिको स्वागत मन्तव्यबाट सुरुभएको औपचारिक कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर, समाजिक व्यत्तित्व गुञ्जबहादुर भण्डारी, नेपाल छन्त्याल संघका केन्द्रिय उपाध्यक्ष पदम छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताले, माघे सक्रान्तिका अवसरका मगर समुदायले आफ्नो राष्ट्रिय पर्वलाई मान्ने परम्पराको स्वागत गरेका थिए । आगामी वर्ष यो पर्वमा स्थानीय छन्त्याल, गुरुङ, तामाङ, थकाली तथा मगर समुदायले संयुक्त मनाउनु पर्ने धारणा समेत आएको थियो ।

केन्द्रका अध्यक्ष थम प्रकास पुनले आगामी वर्ष संयुक्त कार्यक्रमको आयोजना गर्ने प्रंतिवद्धता जनाए पनि ।

यसैबीच अध्यक्ष पुनले, कार्यक्रमकै अवसरमा नवनिर्वाचित मगर समुदायका जनप्रतिनिधि प्रदेश सभा सदस्य घर्ति मगर, ढोरपाटन नगरपालिकाका उपप्रमुख कर्मती पुन मगर, नगरको वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर, वडा नं. ९ का वडा अध्यक्ष हरी बहादुर घर्ति मगरलाई सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *