फुलचोकी साकोस काभ्रेको टोलीद्धारा सिवाईसीको स्थलगत अवलोकन !

सुमन जि.सी.बागलुङ, २०७३ माघ २२ । फुलचोकी साकोस काभ्रेको टोलीद्धारा बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङको स्थलगत अवलोकन तथा संस्थाले गरेका गतिविधिहरुको वारेमा छलफल र अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

सिवाईसी साकोसले छोटो समयमा हाँसील गरेका उपल्ब्धी, संस्था सञ्चालन प्रकृया र संस्थाले सञ्चालन गरिरहेको अनुसरणीय कार्यहरुलाई आफ्नो संस्थामा लागु गर्ने उद्देश्यले अध्ययन अवलोकन कार्यक्रमको आयोजना गरिएको फुलचोकी साकोसका उपाध्यक्ष प्रदिप सापकोटाले बताएका थिए ।

त्यस्तै बागलुङ जिल्लाको सहकारी अभियान तथा सिवाईसी साकोसले गरेका गतिवीधिहरुको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिएका थिए । कार्यक्रममा फुलचोकी साकोसका अध्यक्ष गुणनाथ सापकोटा, संस्थापक अध्यक्ष राजकुमार सापकोटा लगाएतले बोलेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, कोषाध्यक्ष विमला गुरुङको स्वागत र प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *