Menu

साताको तस्वीर : बुर्तिवाङमा आईटीएफ प्रतियोगिता !

शव्द/चित्र : झरना कँडेल

बुर्तिवाङ २०७४ पुस २९ । बुर्तिवाङ बजारमा पाँचौ प्रोफेशनल आइटीएफ तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगिताको ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले एक भव्य समारोहका वीच शुक्रबार गरेका छन् ।


सो अबसरमा बागलुङमा आइटीएफ तेक्वान्दाको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्ने ढोरपाटन तेक्वान्दो डोजाङका प्रमुख मदन घर्ती मगर, निसी रिभर तेक्वान्दो डोजाङका प्रमुख घनेन्द्र घर्ती मगर, उत्तर गंगा तेक्वान्दो डोजाङका प्रमुख मदन घर्ती मगरलाई सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा प्रमुख अतिथी नेपालीले आइटीएफ तेक्वान्दोको विकासमा पश्चिम बाग्लुङको भुमिका महत्वपूर्ण रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख नेपालीले ढोरपाटनमा अन्तर्रागिट्रय रंगशाला निर्माण गर्न पहल गरिएको उद्घोष गरीरहँदा यसले जिल्लाभार तरंग ल्याएको छ ।

बिशेष अतिथी नेपाल आइटीएफका अध्यक्ष अन्जन धमलाले कार्यक्रमको सफलताको कामना गरेका थिए । नेपाल आइटीएफका उपाध्यक्ष तथा एनएमजीसीका अध्यक्ष प्रविण कार्कीले डेमोन्सट्रेसन गरेका थिए । ढोरपाटन तेक्वान्दो डोजाङको आयोजना, बागलुङ जिल्ला तेक्वान्दो संघको सह आयोजना तथा नेपाल आइटीएफको संरक्षणमा भएको आज शनिवार सम्म दुइ दिन सन्चालन हुने प्रतियोगितामा पुरुष तर्फ ५५ देखि ६३ तथा महिला तर्फ ४७ देखि ५५ किलो तौल समुहमा प्रतिसपर्धा हुने छ । विजेताले ५ सय ,उविजेताले ३ सय र तेश्रो हुनेले २ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।

प्रतियोगितामा आड टोलीका २९ खेलाडी सहभागी छन् । प्रतियोगिता आयोजक कमिटीका संयोजक भुपेन्द्र पुनले दिएको जानकारी अनुसार पहिलो दिन सम्पन्न खेलमा विजयी हुदै पुरुष तर्फ नेपाल आर्मी क्लबका लिलाधर बस्न्यात, पूर्वाञ्चलका दिलन राइ तथा एपीएफका योगेन्द्र धिमाल र गोविन्द खत्री क्वार्टरफाइनल प्रबेश गरे । महिला तर्फ आयोजक टोलीकी पुजा खुलाल मगर र एपीएफकी शान्ती खत्रीले पनि पहिलो चरणमा जित हात पारे ।
प्रस्तुत छन् प्रतियोगिताको पहिलो दिनको कार्यक्रमको तस्वीर-

पहिलो दिन सन्चालित पुरुष एवं महिला तेक्वान्दो प्रतियोगिताको झलक -तस्वीर सौजन्य: दिपक पराजुली, बुर्तिवाङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *