Menu

बलबालिकाको व्यक्तित्व विकास संगै आपद विपद व्यवस्थापन गर्न तालीम सहयोगी – प्र.से भण्डारी

अमर मावि विहुँमा राष्ट्रिय सेवा दलको जुनियर तह तालिम सम्पन्न

भरत सापकोटा, बागलुङ २०७४ पुस २९ । नेपाली सेनाले काठेखोला गाउपालिक ५ विहुको अमर माध्यामिक विद्यालयमा राष्ट्रिय सेवा दलको जुनियर तह तालिम सम्पन्न गरेको छ । ७९ दिन सम्म चलेको तालिममा कक्षा ७ , ८ र ९ क ३५ जना विद्यार्थीको सहभगिता रहेको थियो ।

सेवा दलमा आबद्ध विद्यार्थीलाई ७९ दिन सेनाका प्रशिक्षक कृष्ण वहादुर देवकोटा र छवि गुरुङले विद्यालयमै तालिम दिएका थिए । ७९ दिनको तालिम सकेका विद्यार्थीले अव २१ दिन राष्ट्रियस्तरको तालिमको लागि जिल्ला बाहिर पठाइने भएको छ ।

तालिम समापन कार्यक्रममा वोल्दै अर्जुन वाणगण बागलुङका प्रमुख सेनानी अच्युतम भण्डारीले तालिमले वालवालिकाको व्यक्तित्व विकास संगै देशमा भैपरी आउने आपद विपद व्यवस्थापन गर्न सहयोग पुयाउने वताउदै यसले सामाजिक भावनाको विकास गराउने वताएका थिए ।
प्रमुख सेनाी भण्डारीले अनुसाशन र लगनशिलताले सभ्य समाज निर्माण गर्न टेवा पुग्ने वताए ।

विद्यार्थीलाई शारीरिक तथा चारित्रिक विकासका लागि व्यायाम, मार्च, पिटी, प्राथमिक उपचार, विपद् व्यवस्थापन, सामान्य युद्धकला लगायतका देशप्रेम जगाउने तालिम दिइएको थियो ।

विद्यालयका प्रअ भिष्म कडेलको अध्यक्षतामा सम्पनन कार्यक्रमको संचालन गणेश प्रसाद कडेलले गरेका थिए। सेनाले यस वर्ष बागलुङ जिल्ला भरबाट अमर मावि र विद्यामन्दिर माविमा जुनियर तह तालिम संचलन गर्न छनोट गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *