ढोरपाटन २ मा बिपद तथा जलवायु उत्थान समिति गठन

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस २९ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा शनिवार वडा नं २ को सामुदायीक बिपद ब्यबस्थापन , तथा समिती गठन कार्यक्रम सम्पन्न भएको छ ।

यु एस ए आईडीको आर्थीक सहयोगमा सञ्चालित सु–आहारा कार्याक्रम अन्र्तगत , ढोरपाटन २ का वडाध्यक्ष युवराज महतको अध्यक्षता तथा ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी थापाले सरसर्ती ब्यानर बाचन गरेर गरेका थिए ।

कार्यक्रममा वडा नं २ का सम्पुर्ण वडासदस्य , कार्यपालीका सदस्य , महिला स्वास्थ्य स्वयं सेविका , स्थानीय महिला दलीत महिला , बिभीन्न्न बिद्यालयका शिक्षक, क्लब तथा आमा समुह कृषी समुहका प्रतिनीधीहरु तथा बुद्धिजीबी लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा स–ुआहाराका जिल्ला संयोजक जगदिशराम लोहारले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै सुआहाराबारे संक्षीप्त जानाकारी दिदै , कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने सामुदायिक बिपद ब्यबस्थापन अभिमुखीकरण तथा समिती गठन कार्यक्रमको सहजीकरण सुआहाराका एच एफ पी मार्केटीङ अफिसर गुणकुमार श्रेष्ठ र वास अफिसर यज्ञराज ओझाले गरेका थिए ।

कार्यक्रममा ढोरपाटन २ का अध्यक्ष युवराज महतको संयोजकत्वमा वडा स्तरीय स्थानीय बिपद तथा जलवायु उत्थान समिती गठन गरिएको छ । समितीको काम कर्तब्य र अधिकार बारे भने स्थानीय शासन तालीम परामर्शदाता गीता श्रीषले प्रकाश पारेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *