Menu

देशभरका १५२ जना मुक्तककारको संयुक्त मुक्तक सँग्रह ‘हालेमालो स्फुरण’ शनिवार विमोचन गरिदै

निर्मल पौडेल पर्वत २०७४ पुस २८ । साहित्यमा लागिपरेका देशभर छरिएर रहेका केहि स्रष्टाहरुका सिर्जनाहरु समेटिएको हातेमालो साहित्य स्फुरण शनिवार बागलुङमा विमोचन हुने भएको छ । हातेमालो साहित्य संगम वागलुङको आयोजनामा १ सय ५२ जना मुक्तककारका सिर्जनाहरु समावेश गरिएको पुस्तकको भोलि शनिवार विमोचन हुने भएको हो ।

उज्यालो रेडियो नेटवर्क काठमाडौ कोअर्डिनेटर अच्युत घिमिरे र हातेमालो साहित्य संगम नेपालका केन्द्रीय अध्यक्ष सुनिल अधिकारीको प्रमुख आतिथ्यता रहने कार्यक्रम नेपाल मगर सङ्घको सभाहल वागलुङमा हुने भएको हो ।

यसै अवसरमा हातेमालो साहित्य संगम वागलुङले स्रष्टा तथा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । साथै सवै साहित्य प्रेमीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

कार्यक्रममा साहित्यमा कलम घोटेर दाह्री पकाएका देखि भर्खरै लागिपरेका र धौलागिरीका सवै साहित्यप्रेमीहरु उपस्थित हुने अपेक्षा गरिएको धौलागिरी कला तथा साहित्य मञ्चका सँस्थापक सल्लाहकार निर्मल पौडेल एन. पि. घायलले जानकारी दिएका छन् ।

साहित्यकार भूपि शेरचनको जन्मस्थलो धौलागिरीमा पछिल्लो समय साहित्य र नेपाली भाषामा युवा पुस्ताको वढि सक्रियता र चासो भएको घायलको भनाई छ ।

कार्यक्रम विहान ठिक १० वजेवाट सँचालन हुने हातेमालो साहित्य संगम वागलुङका सचिव मगर प्रेमले वताएका छन् । यो वाहेक वर्तमान समयमा धौलागिरी कला तथा साहित्य मञ्च वागल्ङ र नमुना साहित्य मञ्च पर्वत लगायत अन्य केहि साहित्यक सँस्थाहरुले मासिक रुपमा रचना वाचन तथा डवली कार्यक्रम जस्ता विविध कार्यक्रम गरेर साहित्यलाई केहि योगदान दिईरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *