गल्कोटको हटिया र हरिचौरमा बजार अनुगमन, कमजोरीलाई सुधार गर्न निर्देशन !

बालकृष्ण सुवेदी, गल्कोट २०७४ पुस २८। जिल्ला प्रशासन कार्यलय बागलुङ र राष्ट्रिय उपभोक्ता मंच बागलुङ द्वारा गल्कोटमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा भेटिएका कमजोरीलाई तत्काल सुधार गर्न निर्देशन दिएको अनुगमन टोलिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

लेवल नभएका, तौल कम भएका बस्तुहरु बिक्रीवितरण नगर्न ब्यापारी हरुलाइ निर्देशन दिएको उनको भनाई थियो ।

गल्कोट क्षेत्रमा संचालित सुन चांदी पसलहरुमा सुनको शुद्धता जांच गर्ने उपकरण नभएकोले सुनचाँदी खरिद गर्दा उपभोक्ता सचेत हुनुपर्ने अनुगमन टोलीका सदस्य राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । गल्कोटका सुनचाँदी व्यावसायीहरुले १ महिना भित्रमा शुद्धता परिक्षणको ब्यबस्था गल्कोट्मा नै गर्न निर्देशन दिएको र नगरे कारबाही प्रक्रिया सुरु गर्ने बताईएको छ ।

अनुगमन टोलीले गल्कोट नगरपालिकाको हटिया र हरिचौर बजारमा अनुगमन गरेको थियो । उपभोक्ताहरुले पनि सामान खरिद गर्दा सचेत भइ लेबल ,तौल लगाएत एकिन गरेर मात्र सामान खरिद गर्न अनुगमन टोलीले आग्रह गरिएको छ । अनुगमनमा बागलुङ उद्योग बाणिज्य संघ गलकोट एकाइका प्रतिनिधि ,पत्रकार ,प्रहरी लगाएको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *