शिक्षक संघको सभापतिमा पौडेलको उम्मेद्वारी घोषणा !

हरि शर्मा बागलुङ, २०७३ माघ २२ । नेपाल शिक्षक संघ बागलुङको ८ औ जिल्ला अधिबेशनका लागि सभापतिमा उमाकान्त पौडेलले उम्मेद्वारी घोषण गरेका छन् । शुक्रबार संस्कृत माविमा आयोजि एक कार्यक्रममा उनले यसको घोषणा गरेका हुन् ।

सो अवसरमा शैक्षिक गुणस्तरलाइ अभिबृद्धि गर्नका लागि र शैक्षिक संरचनाहरुलाइ व्यवस्थित बनाउन आफ्नो आफुले उम्मेद्वारी दिएको बताए । लामो समय शिक्षण पेसामा सेवा गरेका पौडेल हाल नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी समेत हुन् । पहिलो अधिवेशनमा पनि अत्यन्त झिनो मतान्तरले पराजित भएका पौडेले बालमन्दिर निमाविमा शिक्षण पेसा गर्दै आएका छन् ।

संस्कृत माविमा लामो समय शिक्षण पेशामा रहेका पौडेल वि।सं २०५१ देखि २०६१ सम्म नेपाल शिक्षक संघको सदस्य हुनुभएको थियो । त्यस्तै वि।सं २०६१ देखि वि।सं २०६९ सम्म दुई कार्यकाल नेपाल शिक्षक संघको जिल्ला कोषाध्यक्ष भएका थिए ।

आगामी फागुन २७ ,२८ र २९ गते हुने शिक्षक संघको जिल्ला अधिवेशनको लागि उनको नेतृत्व आवश्यक रहेको नेपाल शिक्षक संघका सहसचिव लक्ष्मीकान्त शर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *