नवोदीत साकोस लमजुङ र सिवाईसी साकोस बागलुङ बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुमन जि.सी. बागलुङ, २०७४ पुस २८ । नवोदीत बचत तथा ऋण सहकारी संस्था लि. भोटेओडार लमजुङ र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ बिच संस्थाले सञ्चालन गरेका गतिविधिहरुको बारेमा शुक्रवार बागलुङ बजारमा एक आपासमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भ्रमणको आशा अपेक्षा तथा सिवाईसी साकोसबाट आफुहरुले सिक्न चाहेका विषयहरुको बारेमा जानकारी गराउँदै नवोदित साकोसका सचिव रामहरी न्यौपानेले देशमा रहेका उत्कृष्ठ सहकारी संस्थाहरुको स्थलगत अध्ययन तथा अवलोकन गरी उनीहरुले सञ्चालन गरेका सिर्जनशिल तथा नविन्तम नीति, विधि, प्रविधि र कार्यक्रमहरुलाई आफ्नो संस्थामा समय सापेक्ष लागु गर्ने उद्देश्यले भ्रमण कार्यक्रमको आयोजना गरेको बताएका थिए ।

अन्तरकृया कार्यक्रममा सिवाईसी साकोसले छोटो समयमा हाँसील गरेका उपल्ब्धी, संस्था सञ्चालन प्रकृया, संस्थाले सञ्चालन गरिरहेको फरक तथा नौला गतीविधिहरु र बागलुङको सहकारी अभियानको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, स्वागत तथा सञ्चालन प्रवन्धक नवराज शर्मा र समापन नवोदित साकोसका उपाध्यक्ष रमेशचन्द्र अधिकारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *