Menu

गल्कोट सूचना सन्चार सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न

गुमानसिँह भण्डारी, गल्कोट २०७४ पुस २८ । गलकोट सुचना तथा संचार सहकारी सस्था लिमिटेड गलकोट नगरपालिका ३ हटियाको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारी र वडा नम्बर ६ का अध्यक्ष नर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, सस्थाका निर्वतमान अध्यक्ष राज बहादुर थापा, नेपाली काग्रेसका यम श्रीस, नेकपा एमालेका बुल बहादुर केसी, नेकपा माओबादी केन्द्रका तिलक उप्रेति, राष्ट्रिय जनमोर्चाका टंक केसी, नयाँ शक्ति नेपालका बम गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका अध्यक्ष गुमानसिह बुढाथोकीको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको स्वागत मन्तब्य र सचिव वीर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

सभामा सस्थाका कोषाध्यक्ष हर्क पाण्डेले १ करोड ३९ लाख ८ हजार ९ सय ९३ बराबरको आम्दानी खर्च प्रस्तुत गरेका थिए । कार्यक्रममा सस्थाका अध्यक्ष गुमानसिह बुढाथोकिले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *