Menu

मिर्गौला फेल भएर जीवन मरणको दोसाँधमा रहेका श्रीपालीलाई बचाउन बाबुको आग्रह

टिकाराम भट्टराई, बुर्तिबाङ २०७४ पुस २८ । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न ८ बोबाङका बिबेक श्रीपाली २६ बर्षको कलिलै उमेरमा दुबै मृगौला फेल हुदा जीवन र मरणसंग लडिरहेका छन् ।

केहि बर्ष पहिले सुगर रोगले च्यापेको उनलाई औषधी र ईन्सुलिनका कारण एक बर्ष यता पेटभर समेत खाना खान पाएका छैनन । आफुले चाहेजति खाना खाएमा खाना नपच्ने, पखला लाग्ने समस्या देखिएको उनी बताउछन् ।

सामान्य परिवारमा जन्मिएका उनलाई ऋण धन गरि नेपाल तथा भारतका विभिन्न अस्पतालमा गरि करिब ७ लाख रुपियाँ बराबरको खर्च भईसके पनि छोराको अबस्था उस्तै रहेको र उपचारकै क्रममा आर्थिक अभाबले काठमाडौको ग्रीन सिटी अस्पतालबाट निस्की अहिले घरमै रोगसंग लडिरहेको उनका बाबु कृतिमान श्रीपाली बताउछन् ।

एक छोरा र एक छोरीका बाबु बिबेक आँखाभरी आशु लिदै कोहि कसैले सहयोग गरे आफु बाच्ने रहर भएको समेत बताए । बाबु कृतिमानले पनि आफ्नो छोरालाई बचाईदिन सबैसंग अपिल गरेका छन् ।उनलाई सहयोग गर्नुहुने व्यक्ति वा सघंसस्थाले उनको बुर्तिबाङमा रहेको प्रभु बैङ्कको खाता न.०४२०१०००७६७२०२०००००१ र मोबाईल नम्बर ९८६७६९२३११ मा सम्पर्क गर्न सकिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *