Menu

ढोरपाटनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न पहल सुरु भएको नगरप्रमुख नेपालीको खुलासा !

बुर्तिवाङ बजारमा पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु !

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस २८ । ढोरपाटन तेक्वान्दो दोजाङको आयोजना, बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको सह आयोजना , नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षण, नेपाल आइटीएफ क्षेत्रिय समितिको समन्वयमा बुर्तिवाङ बजारमा पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले मैनबत्ती प्रज्जवलित गरीे उद्घाटन गरेका छन् ।

उद्घाटन मन्तव्यमा नगरप्रमुख नेपालीले ढोरपाटनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न सम्वन्धित निकायका प्रस्ताव गरिसकेको चर्चा गर्दै खेल मैदानको लागि जग्गा उपलव्ध गराउन नगरपालिकाले पहल गर्ने बताए ।

यस क्षेत्रमा खेलक्षेत्रको विकास गर्न आफु कहिल्यै पछी नपर्ने प्रतिवद्धता व्यक्त गर्दै नगरप्रमुख नेपालीले खेलाडीहरुलाई राज्यले संरक्षण गर्नु पर्ने बताए ।
नगरप्रमुख नेपालीले बुर्तिवाङ जस्तो दुर्गम स्थानमा यस प्रकारको खेल प्रतियोगितको आयोजना गरिएकोमा आयोजकलाई हार्दिक धन्यवाद दिँदै पहिलो पटक महिला तेक्वान्दो प्रतियोगिताको आयोजना गरेकोमा आयोजकलाई बधाई ज्ञापन गरेका छन् ।

नेपालीले निसीभूजी क्षेत्रमा तेक्वान्दो जस्तो खेलकुद सन्चालन गरी यसको विकास गर्नमा सर्वप्रथम पहल गर्ने तीनजना गुरुहरु मदन घर्तीमगर, धनेन्द्र घर्तीमगर र मनबहादुर घर्तीमगरको उच्च मुल्यांकन गदै उनिहरुप्रति सम्मान व्यक्त गरेका थिए । सो अबसरमा बागलुङमा आइटीएफ तेक्वान्दाको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्ने ढोरपाटन तेक्वान्दो डोजाङका प्रमुख मदन घर्ती मगर, निसी रिभर तेक्वान्दो डोजाङका प्रमुख घनेन्द्र घर्ती मगर, उत्तर गंगा तेक्वान्दो डोजाङका प्रमुख मदन घर्ती मगरलाई सम्मान गरियो ।

तेक्वान्दो प्रतियोगिता आयोजकबाट अत्यन्तै प्रभावित रहेका नगरप्रमुख नेपालीले प्रतियोगिताको लागि आफनो तर्फबाट रु १ लाख १ हजार रुपयाँ सहयोग प्रदान गरेका छन् । प्रतियोगिता सन्चालन गर्न नगरपालिकाले यस अघि नै रु १ लाख रुपया सहयोग प्रदान गरिसकेको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथी नेपालीले आइटीएफ तेक्वान्दोको विकासमा पश्चिम बाग्लुङको भुमिका महत्वपूर्ण रहेको बताए ।

बिशेष अतिथी नेपाल आइटीएफका अध्यक्ष अन्जन धमलाले कार्यक्रमको सफलताको कामना गरेका थिए । नेपाल आइटीएफका उपाध्यक्ष तथा एनएमजीसीका अध्यक्ष प्रविण कार्कीले डेमोन्सट्रेसन गरेका थिए ।

कार्यक्रममा निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन लगायत तेक्वान्दो संग सम्वन्धित व्यक्तित्वहरुको विशिष्ठ आतिथ्यता रहेको छ ।

कार्यक्रमको अवसरमा बुर्तिबाङ डान्स सेन्टरको तर्फबाट नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतियोगिता उद्रघाटन कार्यक्रमको अध्यक्षता प्रतियोगिता आयोजक एवं ढोरपाटन आईटीएफ तेक्वान्दो प्रशिक्षक भूपेन्द्र पुन मगरको रहेको छ भने कार्यक्रमको सन्चालन प्रशान्त घर्तीमगरले गरिरहेका छन् ।

प्रतियोगितामा दुई बिभागीय टीम सहित ८ टीमको सहभागीता रहने छ । प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल तथा सुदुर–पश्चिमाञ्चल विकास क्षेत्रहरु विभागिय टीमहरु नेपाल आर्मी क्लव र नेपाल ए।पि।एफ क्लव, र आयोजक गरी ८ टीमले सहभागीता जनाउने बताईएको छ ।

प्रतियोगिताको स्पेशल फ्रि स्पाइरिङ्ग, पुरुष ५५–६३ के।जी र महिला ४७–५५ के।जी समुह गरी विभिन्न तीन बिद्यामा प्रतियोगिता हुनेछ । जसमा पुरुष तथा महिला तर्फ प्रथम हुनेलाइ समान ५ सय अमेरिकी डलर, गोल्ड मेडल र प्रमाणपत्र, दोश्रो हुनेलाई ३ सय अमेरिकी डलर सिल्भर मेडल र प्रमाणपत्र र तेश्रो हुनेलाई २ सय अमेरिकी डलर ब्रन्ज मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागी करिव १७ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
अपडेट
प्रतियोगिता आयोजक कमिटीका संयोजक भुपेन्द्र पुनले दिएको जानकारी अनुसार पहिलो दिन सम्पन्न खेलमा विजयी हुदै पुरुष तर्फ नेपाल आर्मी क्लबका लिलाधर बस्न्यात, पूर्वाञ्चलका दिलन राइ तथा एपीएफका योगेन्द्र धिमाल र गोविन्द खत्री क्वार्टरफाइनल प्रबेश गरे । महिला तर्फ आयोजक टोलीकी पुजा खुलाल मगर र एपीएफकी शान्ती खत्रीले पनि पहिलो चरणमा जित हात पारे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *