३० कृषक मिलेर खोलिएको सहकारीले ३ बर्षमै ४४ लाखको कारोबार

कौरव खत्री गुल्मी २०७४ पस २८ । गुल्मीको एक कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना कालको छोटो समयमा राम्रो आर्थिक कारोवार गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं. १ अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो बार्षिक साधारण सभा सम्म आइपुग्दा सहकारीले ४३ लाख ९७ हजार,१सय,१८ रुपैया बरावरको आर्थिक कारोवार गदै आएको संस्थाका अध्यक्ष जीत बहादुर पाठकले बताएका छन् ।

२०७० सालमा ३० जना कृषकहरु मिलेर सुरुवात गरिएको कृषि सहकारी संस्थामा हालसम्म १ सय १३ जना शेयर सदस्यहरु रहेका छन ्। । संस्थाले विविध कृषि र पशुजन्य कामको लागी सदस्यहरुलाई १ लाखसम्म ऋण प्रदान गर्दै आएको छ ।
भने साधारण सभामा कृषि सहकारीले शेयर सदस्यमध्येबाट कृषि तथा पशुपालन गर्ने २ जना उत्कृष्ट अगुवा कृषकहरुलाई प्रोत्सान स्वरुप सम्मान समेत गरेको थियो ।

साथै कृषि सहकारीले कक्षा आठ र एसएलसीमा उत्कृष्ट अंक ल्याउने ३ जना शेयर सदस्यका छोराछोरीहरुलाई समेत नगद पुस्कारले सम्मान गरेको थियोे ।

चौथौ साधारण सभाबाट कृषि सहकारी संस्थाले आफ्नो प्रस्तावित कार्यक्रममा सहकारी मार्फत सुत्केरी भत्ता,मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष जस्ता थप नँया कार्यक्रमहरु कृषि सहकारी अगाडी बढाउने संस्थाका संस्थापक बुद्धप्रकास पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *