Menu

गगनपानी खानेपानी गनपा – ७ को अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम चयन !

थम्मन थापा सन्देश, गल्कोट २०७४ पुस २८ । गगनपानी खानेपानी उपभोक्ता समिति गलकोट नगरपालिका ७ मल्मको वार्षिक साधारण सभा तथा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले पुन हरिदत्त गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाॅ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा थुम कुमारी थापा, सचिवमा सन्त भण्डारी, कोषाध्यक्षमा छुम बहादुर थापा र सहसचिवमा टिका साहानी रहनु भएको छ ।सदस्यहरुमा लोक बहादुर थापा, हेम बहादुर भण्डारी, दिलेन्द्र चोखाल, शिव बहादुर कार्की, मोती कुमारी केसी र गजेन्द्र बस्नेत रहेका छन् ।

अधिवेशनले दल बहादुर थापा संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यमा राम बहादुर थापा, खडग बहादुर केसी, टोप बहादुर साहानी र मिना कार्की रहेका छन् । सो अवसरमा समितिका कोषाध्यक्ष छुम बहादुर थापाले २ लाख ८७ हजार ८ सय ५० रुपैयाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारण सभाको अवसरमा प्रत्येक ३/३ वर्षमा गरिदै आएको सामुहिक पानी पूजा समेत गरिएको छ ।

साधारण सभामा पुर्व अध्यक्ष दल बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम गगनपानी खानेपानी उपभोक्ता समिति गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष हरिदत्त गौतमको अध्यक्षता र सचिव सन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *