ढोनपा ३ मा बिपद तथा जलवायु उत्थान समिती गठन

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस २८ । ढोरपाटन नगरपालीकाको बुर्तिबङमा विहीवार वडा नं ३ को सामुदायिक बिपद ब्यबस्थापन समिती गठन कार्यक्रम सम्पन्न भएको छ ।

यु एस ए आईडीको आर्थीक सहयोगमा सञ्चालित सु–आहारा कार्याक्रम अन्र्तगत , ढोरपाटन नगरपालीका वडा नं ३ का वडाध्यक्ष हेमेन्द्र घर्तिमगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नं ३ का सम्पुर्ण वडासदस्य , कार्यपालीका सदस्य , महिला स्वास्थ्य स्वयमसेबीका , स्थानीय महिला दलीत महिला , बिभीन्न्न बिद्यालयका प्रअ ,बिभीन्न राजनीतीक दलका प्रतिनीधीहरु ,बिभीन्न क्लब तथा आमा समुहका प्रतिनीधीहरु तथा बुद्धिजीबी लगायतको उपस्थीती रहेको थियो ।

सो अवसरमा सुआहाराका एच एफ पी मार्केटीङ अफीसर गुण कुमार श्रेष्ठले कार्यक्रममा स्वागत गर्दै कार्यक्रम बारे जानाकारी गराएका थिए भने स्थानीय बिपद बारे रेसिलेन्ट कन्सल्ट्यान्ट हेमन्तराज जोसीले प्रकाश पारेका थिए ।

कार्यक्रममा ढोरपाटन नगरपालीका वडा नं ३ हेमेन्द्र घर्तिमगरको संयोजकत्वमा १३ सदस्यीय वडा स्तरीय स्थानीय बिपद तथा जलवायु उत्थान समिती गठन गरिएको छ । समितीको काम कर्तब्य र अधिकार बारे भने वास अफीसर यज्ञराज ओझाले जानकारी गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *