देशलाई हराभरा बनाउने जिम्मेवारी सहकारीको काँधमा – कोइराला

रविना बोहरा, बागलुङ, २०७४ पुस २८ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले आर्थिक रुपमा कजमोर अवस्थामा रहेको हाम्रो देशलाई समृद्ध बनाउनका लागि सहकारी क्षेत्रको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताएकी छन् । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौं वार्षिक साधारण सभाको बिहिबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताएकी हुन् ।

देशको आर्थिक क्षेत्र संक्रमणमा रहेकोले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी देशलाई हराभरा बनाउने जिम्मेवारी सहकारी क्षेत्रको काँधमा आएको उजको भनाइ थियो ।

देशको नेतृत्व असल नेताले गर्दा आर्थिक समृद्धि र सबल राष्ट्र बन्ने भन्दै कोईरालाले सहकारी क्षेत्रले समृद्धिका विषयमा राज्य सञ्चालकहरुसंग सहकार्य गर्न तत्पर रहेको खुलासा गरिन् ।

कार्यक्रममा बोल्दै एमाले नेतृ तथा सूचना तथा सञ्चार सहकारी संघकी केन्द्रीय उपाध्यक्ष मनकुमारी केसीले उत्पादनशिल क्षेत्रमा सहकारीहरुको भूमिका राम्रो रहेकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताइृन ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले राज्य पुनसंरचनासंगै सहकारी ऐन समेत नयाँ आएको सन्दर्भमा स्थानीय तहमा सहकारीको भूमिका बढाउनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रमा नेफ्रस्कुुनका केन्द्रीय सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला सहकारी संघ बागलुङका पुर्व अध्यक्ष कृष्ण संकर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाले सचिव युक्त प्रसाद कँडेलले प्रस्तुत गरेको प्रगति प्रतिबेदन, कोषध्यक्ष भुपाल चालिसेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक तोयनाथ गौतमले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ ।

साधारणसभाको उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता उपाध्यक्ष असोक गोविन्द राजभण्डारीको स्वागत र सचिव युक्तप्रसाद कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *