Menu

शिक्षक, अभिभावक र विद्यार्थीविचको त्रीपक्षीय सम्बन्धले मात्र गुणस्तरीय शिक्षा सम्भव- सांसद घर्ती

हिमालय आधारभूत विद्यालयको ५० ओैँ अभिभावक दिवस एवं वार्षिकोत्सव सम्पन्न !

बुर्तिवाङ २०७४ पुस २८ । ढोरपाटन नगरपालिका—५ सहिखोलामा रहेको शिवालय माध्यमिक विद्यालयमा आज विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ । आज बसेको अभिभावकहरुले भेलाले चक्रबहादुर घर्तिमगरको अध्यक्षतामा ८ सदस्यीय नयाँ समितिको गठन गरेको हो ।

जसको सदस्यहरुमा गुन्जमान घर्तिमगर, लालबहादुर पुन, होमसरा पुन, चमेली पुन रहनुभएको छ । त्यस्तै, जनप्रतिनीधिबाट इन्द्रबहादुर थापा, पदेन सदस्य शिक्षक अभिभावक संघका संयोजक यमलाल सापकोटा र सदस्य सचिवमा प्रध्यानाध्यापक देवेन्द्र छन्त्याल रहनुभएको छ ।

शिक्षक प्रतिनीधि पछि थप गरिने निर्णय पनि भेलाले गरेको छ । त्यस्तै, शिक्षक अभिभावक संघको संयोजकमा यमलाल सापकाटोलाई चयन गरिएको छ भने अन्य सदस्यहरु पछि थप गरिने बताइएको छ ।

अभिभावक भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य टेकबहादुर घर्तिमगरले शिक्षक, अभिभावक र विद्याथीहरु विचमा त्रीपक्षीय सम्बन्ध हुने र त्यो सम्बन्ध सुमधुर भएको खण्डमा मात्र शैक्षिक उपलब्धि गुणस्तरीय हुने धारणा राख्दै विद्यालयको भौतिक संरचनाको व्यवस्थानमा आफ्नो तर्फबाट सक्दो पहलकदमी रहने बताए । कार्यक्रमको अवसरमा विद्यालयले प्रदेश सांसद घर्तिलाई सफल कार्यकालको शुभकामना सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

कार्यक्रममा स्रोत व्यक्ति हरिचन पाण्डे, ढोरपाटन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुन, ६ का अध्यक्ष जीवनकुमार पुन, कार्यपालिका सदस्य थमबहादुर छन्त्याल, कार्यपालिका सदस्य शान्ति विक लगायत स्थानीय समाजसेवी, बुद्धिजीविहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र छन्त्यालको अध्यक्षता, शिक्षक अग्निराज जोशीको स्वागत मन्तव्य र शिक्षक नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच ढोरपाटन नगरपालिका—४, लुकुरबनमा रहेको हिमालय आधारभूत विद्यालयले आज आफ्नो ५० ओैँ अभिभावक दिवस तथा ४९ औँ बार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

गत २५ गतेदेखि नै विभिन्न आन्तरिक प्रतियोगिताहरु सञ्चालन गरेको विद्यालयले आज नै कार्यक्रमको औपचारिक उद्घाटन गरी समापन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षक अभिभावक संघका संयोजक खिमबहादुर सुनारले गुणस्तरीय शिक्षा पाउनु आजका बालबालिकाहरुको अधिकार भएकोले त्यसको प्रत्याभूति दिलाउन शिक्षक, अभिभावक सचेत र जागरुक बन्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य मिलन विक, दिपज्योती आमा समूहकी अध्यक्ष तुलसी हर्मेल, सुनौलो बिहानी आमा समूहकी अध्यक्ष अप्सरा अर्गेजा, विद्यालय व्यवस्थापन समितिका सदस्य खीमबहादुर अर्गेजा, रेडियो परिवर्तनका स्टेशन कोअर्डिनेटर सुमन सुनार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रंध्यानाध्यापक दिलबन्धु खनालले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्ततु गरेका थिए । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा विद्यालयको आम्दानी रु २४ लाख ५९ हजार ९८० र खर्च २५ लाख ६ हजार ९३० रहेको छ ।

त्यस्तै, कार्यक्रमको अवसर पारेर विद्यालयले आयोजना गरेको विभिन्न आन्तरिक प्रतियोगितामा विजय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी कार्यक्रममा आधुनिक गायक तथा रेडियो परिवर्तनका सञ्चारकर्मी सुमन सुनारको सांगितक प्रस्तुती रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल प्रसाद अर्गेजाको अध्यक्षता, विद्यालयकी शिक्षिका निलकुमारी सिरपाली सुनारको स्वागत मन्तव्य र विद्यालयकी शिक्षिका टेकसरा कार्की अर्गेजाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *