सम्भाव्यता अध्ययनकै क्रममा ईन्जिनियर अधिकारीले भने, विमानस्थल निर्माणका लागि अर्नाकोट उपयुक्त !

छविलाल पाण्ड, बुर्तिवाङ २०७४ पुस २८ । ढोरपाटन नगरपालिका र निसीखोला गांउपालिकाको संगम स्थलमा रहेको प्रर्यटकीय स्थल अर्नाकोटमा विमानस्थल निर्माणका निम्ती सम्भाव्यता अध्ययनको कार्य बिहीबार देखी सुरु भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको प्रविधिक (इन्जियर) टोलीव्दारा अर्नाकोटमा विमान स्थल निर्माणस्थलको सम्भाब्यता, भौगोलिक अबस्था, क्षेत्रफल लगायत अन्य आवश्यक विषयमा प्राविधिक अध्ययन सुरु गरिएको हो । संभाव्यता अध्ययनका लागि ड्रोन क्यामाराको सहायताबाट काम सुरु भैसकेको जानकारी दिईएको छ ।

संभाव्यता अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर एयर पाईलट गुरुदत्त अधिकारी, सिविल ईन्जिनियर उत्तम गौतम र सिविल ईन्जिनियर स्मरण भट्टको प्रविधिक टोलीले आज शुक्रवार सम्म आवश्यक सर्भे कार्य गर्ने बताईएको छ ।

बिहीवार विमानस्थल बन्ने सम्भावित क्षेत्र अर्नाकोट देउराली क्षेत्रको करिब एक हजार मिटर क्षेत्रको अध्ययन सम्पन्न भएको छ । करिब ६ सय ५० देखि ७ सय ५० मिटर लम्बाई र ७० देखि १ सय मिटर चौडा क्षेत्रफल (भूभाग) विमानस्थल निर्माणका निम्ती आवश्यक रहेको बताउदै एयर पाईलट गुरुदत्त अधिकारीले भौगोलिक हिसाबले क्षेत्रफल फिजारिएको भएपनी समतलको हिसावमा करिब ७ सय मिटर आसपासको सो जग्गा भूभाग विमानस्थलका लागि उपयुक्त भएको बताए । उनले १९ देखि २१ सिटसम्म क्षमताको जहाज ल्याण्ड (अवतरण)गर्न सक्ने क्षमताको विमानस्थल एयरपोर्ट निर्माण गर्न सकिने जानकारी दिए ।

पुरानो पद्धती अनुसार दुई महिनाजती भौगोलिक अध्ययनका लागि लाग्ने काम ड्रोनको सहायताले दुई दिन मै अध्ययन सकिने हुनाले त्यसपछिको प्रकृयामा ६ महिना भित्र अध्ययन प्रतिबेदन नागरिक उड्डयन प्राधिकरणमा पेश गर्ने र त्यसपछिको करिब ६ महिनाको समय प्रधिकरणले वातावणणीय प्रभाब मुल्याङकन समितीको अध्ययन टोलीलाई दिएपछि करिब १ बर्षमा अध्ययन र प्राधिकरणको प्रकया सकिएसंगै त्यस पछिको समय प्रकृयागत रुपमा जग्गा प्राप्ती, तारबार ब्यबस्थापन, क्षेत्रफल ब्यबस्थापन लगाएतका कार्यसंगै विमानस्थल निर्माणको कामलाई सरकारले अगाडि बढाउन मिल्ने अधिकारीले बताए ।

आफनो क्षेत्रमा एयरपोर्ट बन्ने सम्भावना देखिएसंगै आफुहरु खुसी भएको भन्दै उनिहरुले एयरपोर्ट निर्माण अभियानमा सक्रियता पुर्वक भुमिका निर्वाह गर्ने नेपाली कांग्रेसका नेता दोर्णकुमार कुवंर, ईन्जिनीयर टोलीलाई फुल माला र अबिरले स्थानीय महिला समुह र अर्नाकोट आधारभुत बिद्यालय देउरालीव्दारा सम्मान समेत गरिएको थियो ।

गत आर्थिक बर्ष २०७३/७४ मा नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का क्षेत्रिय सभापती एवम युवा नेता दोर्णकुमार कुवंरव्दारा एयरपोर्ट सर्वेका निम्ती नागरीक उड्डयन प्राधिकरण मन्त्रालयमा निरन्तर माग गर्दे आएपछि मन्त्रालयले सर्वेका लागि ४० लाख बजेट बिनीयोजन गरेको थियो ।

विमान स्थलको सर्वे कार्य सुरु भईसकेपछि नेपाली काँग्रेसका युवा नेता कुवरले स्थानीयसंग बोल्दै आफुले कुनैपनी काम बोलेपछि पुरा गर्ने भएका कारण जुनकुनै तवरबाटपनी सबैसंग समन्वय गरेर यसक्षेत्रलाई प्रर्यटकि र यातायातको क्षेत्रमा माथि उकास्न अर्नाकोटमा एयरपोर्ट स्थल बनाएरै छोड्ने प्रतिबद्धता समेत जनाए ।

ईन्जिनीयर टोलीले समेत अर्नाकोटलाई एयरपोर्ट स्थल बनाउन सकिने सम्भावित क्षेत्र रहेका कारण प्रकयागत तवरले अगाडि बढेर यसक्षेत्रका नागरीकको चासोको बिषयलाई पुरा गर्न सबैले सहयात्रा गर्दा सम्भब रहेको बताएका छन् । समभाब्यता अध्ययनको क्रममा निसीखोला गांउपालिका प्र्रमखु तारानाथ पौडेल, वडा नं ७ का अध्यक्ष कुविर बिक, स्थानीय समाजसेवी, बुद्धिजिवी, पत्रकार, स्थानीय बासीलगाएतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *