Menu

आज राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको २९६ जन्म जयन्ती, एकता दिवसको रुपमा मनाईदै !

बागलुङ, २०७४ पुस २७ । आज राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको २९६ जन्म जयन्ती, देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय एकता दिवसको रुपमा श्रद्धापूर्वक मनाईदै छ । आज सरकारले सार्वजनिक विदा दिएको छ । व्यापक जनदबाबका कारण सरकारले यस वर्ष देखी पुस २७ गते मौसूफको जन्म जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सदरमुकाम बागलुङ बजारमा श्री ५ पृथ्वी जयन्ती मनाउन शैलेन्द्र श्रेष्ठ अध्यक्ष र कृष्णराज शर्मा सचिव रहेको २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति गठन भएको छ ।

समितिले आजै स्थानीय राधाकृष्ण मन्दिर सभाकक्षमा राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको योगदानका बारेमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।

श्री ५ पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो।

पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । उनका दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *