तारा गाविस- ९ को थापा गैरा खोनेपानी योजनाको काम तीब्र !

खगेन्द्र विश्वकर्मा, २०७३ माघ २१ । पश्च्छिम नेपाल ग्रामीण खानेपनी तथा सरसफाई परियोजना र नेपाल सरकार र फिनल्याड सरकारको आर्थिक सहयोगमा तारा ९ मा संचालन भएको थापा गैरा खानेपानी योजना काम ५० प्रतिशत भन्दा बढी सम्पन्न भएको जिल्ला विकास समिती अन्तरगत वासका फिल्ड प्राविधिक मन बहादुर बोहोराले बताए।

खानेपानी योजना संचालन गरेको छोटो समयमानै स्थानीयको बढ्दो सक्रियतामा टोकिएको समय भन्दा छिटै सम्पन्न हुने गरी काम अगाडी बढाईएको आयोजनाको सामग्री खरीद समितिका विवेक परियारले बताए। मेनलाईनमा पाईप बिछ्याउने काम सम्पन्न भएको र शाखा लाईनका ७५ प्रतिशत सम्पन्न भएको छ । आर भि डी ट्याङकी अन्तरगत सात हजार लिटर क्षमताको १ वटा सम्पन्न भएको छ । बाकी २ वटा ट्याङकीको पनी काम तिव्र बनाएको समितिले जानकारी दिएको छ । खानेपानी योजना अन्ततरगतका आवश्यक सामग्रीहरु स्टिल पायप ,पलास्टिक पायप , जे आई पायप , रथ , तार, सिमेन्ट, गीटी, बालुवा, ग्याभिङ तारा लगाएतका विभिन्न सामग्रीहरुपनी ५० प्रतिशत भन्दा सामग्री खरीद भैसको बताए। परियाजनाले तारा गाविस वडा नं .९ को बरडरे, सपुरा,गीनुवाका ४१ घरपरिवार र १ बालविकास केन्द्र गरी २ सय ६९ जना लाभांनवित हुने छन् ।

पश्च्छिम नेपाल ग्रामीण खानेपनी तथा सरसफाई परियोजना र नेपाल सरकार र फिनल्याड सरकारको आर्थिक सहयोगमा ताराखोला तारा ९ मा ३७ लाख ५१ हजार ४० रुपौया ९९ पैसा अनुदान रकम र बाँकी जनश्रमदान तथा उपभोक्ताको लागत सहित ६० लाख लागतमा थापा गैरा खोनपानी परियोजनाको काम सुरु भएको थापा गैरा परियोजनाको सामग्री खरिद सदस्य विवेक परियारले बताए। थापा गैरा खानेपानीका उपभोक्ताले परियोजनाकोे ७१ प्रतिशल खर्च र नेपाल सरकारको १७ लाख ५४ हजार ९ सय ३६ रुपैया ४९ पैसा जिल्ला विकास बागलुङको २ लाख ४१ हजार १ सय ६५ रुपैया ६१ पैसा सहयोग रहेको छ । तारा गाँउ विकास समितीको ३ लाख ६१ हजार ७ सय ४८ रुपैया ८७ पैसा र फिनल्याड सरकारको १७ लाख ५४ हजार ९ सय ३६ रुपैया ४९ पैसा अनुदानमा परियोजना संचालन भएको छ । थापा गैरा खानेपानी परियोजना तारा ९ को काम गत मंसीर १४ गते सम्झौता भई २०७४ असार मंसान्त सम्म काम सम्पन्न गर्ने गरी काम सुरु भएको छ । परियोजनामा ४२ सय ३२ मिटर मेनलाईन ,५१ सय ९७ मिटर वितरण लाईन पाईनपाएप १ ईन टेक , ३ ट्याङकी आर भी टी र जिल्ला विकास समितिले वितरण गरेको मीटर सहित ४१ घरधुरी र १ बालविकास केन्द्र गरी ४२ बटा धाराहरु निमार्ण हुने परियोजनाको अध्यक्ष शेर बहादुर दर्जीले बताए ।
यो परियाजनाले तारा गाविस वडा नं ९ को बरडरे, सपुरा,गीनुवाका ४१ घरपरिवार र १ बालविकास केन्द्र गरी २ सय ६९ जना लाभान्वित हुने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *