साताको तस्वीर : महोत्सवको आकर्षण !

शव्द/चित्र : किरण आचार्य

बागलुङ २०७४ पुस १८ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा बिभिन्न सांगितीक तथा सांस्कृतिक कार्यक्रम जारी रहेको छ । । महोत्सव आगामी पुस २३ गते सम्म सन्चालनमा रहने छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, बिभिन्न जातजातिको झाँकी प्रर्दशन, बालउद्यान रमाइलो मेला, ७५ हजार राशीको खुल्ला लोकदोहोरी गीत, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्धारा सांगितिक कार्यक्रम, लाइट हेलीबाट पर्यटकीय स्थलहरुको अवलोकन, ऊट नाँच मुख्य आकर्षणको रुपमा राखिएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । यस्तै महिला भलिबलको विजेताले ७४ हजार ४ सय ४४, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।

करिब ८० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा १ करोड बराबरको आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको छ । महोत्सवमा १० करोड भन्दा बढीको कारोवार हुने आयोजकको अनुमान छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *