मध्यराति बुर्तिवाङ बजारमा भीषण आगलागी, दुईघर जलेर पूर्णरुपमा नष्ट !

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस १८ । मध्यराति बुर्तिवाङ बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट दुईघर पूर्णरुपमा ध्वस्त भएका छन् । बुर्तिवाङ बजार प्रभु फाईनान्सको नजिकै रहेको गणेश बुढा र रामबहादुर घर्तीको पक्की तीनतले घर खरानी भएको हो ।

ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले दिएको जानकारी अनुसार प्रहरीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण ल्याउने प्रयास जारीछ । पूर्णरुपमा आगो नियन्त्रणमा आई नसकेको भएपनि अब अन्य घरहरुमा फैलिन संभावना न्यून रहेको प्रनि रानाले ईबागलुङलाई जानकारी दिए । रानाका अनुसार बागलुङ सदरमुकामबाट अग्निीसमन यन्त्र दमकल बुर्तिवाङका लागि छुटिसकेको छ ।

प्रहरी निरीक्षक रानाका अनुसार आगोलागिमा भएको क्षेतीबारे अनुमान गर्न सकिएको छैन । दुबै घरहरु सिमन्टले प्लास्टर गरेका पक्की घरहरु हुन् । आगोलागिबाट कुनै मानवीय क्षती नभएकोपनि उनले बताए ।

आगोलागिको कारण खुल्न नआएपनि विद्युत सट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

क्षती लगायत थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *