कहिले काही त, हामीलाई पनि हेरे के हुन्छ र !

नयाँ वर्ष जस्तै तिमीले मन फेरे के हुन्छ र
माया लाग्छ भने अङ्गालोमा बेरे के हुन्छ र
कती सधै तिम्रो मात्र पछी लाग्नु ए मैसाब,
कहिले काही त हामीलाई पनि हेरे के हुन्छ र !
***
मेरा हर डायरि भित्र त्यही मोरीको माया छ
मेरो हर सायरि भित्र त्यही मोरीको माया छ
कहिले तनका कुरा हुन्छ कहिले मनका कुरा
मेरा हर जाहेरी भित्र त्यही मोरीको माया छ
***
एउटा लड्दा अर्को नाच्ने पनि छन्
एउटा रुदा अर्को हास्ने पनि छन्
मान्छेको बोली एउटा व्यबहार अर्कै हुन्छ
तिमी बिना मर्छु भन्ने बाच्ने पनि छन !
***
बिरामी नभएर कोही पनि रोगी हुँदैन
मनमा लोभ नभएर कोही भोगी हुँदैन
भन्नेले जेसुकै भनुन आखिर सत्य यही हो
बिना कारण कोही पनि जोगी हुँदैन !

झलक काउचा
बागलुङ, (हाल, दक्षिण कोरिया ।)
२०७४ पुस १७ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *