साताको तस्वीर : कन्सर्टले तातेको रात !

शव्द/चित्र : विजय राना, बागलुङ २०७४ पुस १७ । अंग्रेजी नयाँ बर्ष २०१८ को स्वागातार्थ भन्दै पाँचौ बागलुङ महोत्सव स्थलमा आईतबार राति डिजे लाईभ कन्सर्ट सम्पन्न भएको छ । डिजे ग्रुपको सांगीतिक प्रस्तुतिमा युवायुवती देखि पाका उमेरका देखिनेहरु कम्मर मर्काउन व्यस्त देखिन्थे । मध्य पुसको कठ्याग्रिंदो जाडोमा समूहगतरुपमा कम्मर मर्काउनेहरुले वातावरणलाई निकै तताएको महसूस हुन्थ्यो ।

अन्य दिनमा टिकटको दरभाउ रु ६० र ४० कायम गरिएपनि आईतवार साँझ ६ बजेपछि टिकटको भाउ २ सय रुपैया कायम गरिएको थियो । जतिबेला मन लाग्यो त्यति बेला मनपरी भाउ बढाउन पाईने र प्रशासनले नि केहि नगर्ने बेथिती देखेर दर्शकको दिमागपनि तातेको देखिन्थ्यो ।

निकै गर्मिएको रातका केही झलकहरु तस्विरमा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *