Menu

बागलुङ बजारमा ३ हप्तामा ६ ठाउँमा चोरी गर्ने किशोर चोरीका सामान सहित पक्राउ !

बागलुङ २०७४ पुस १५ । सदरमुकाम बागलुङ बजारमा चोरी गर्न पल्केको एक किशोरलाई चोरीका सरसामान सहित जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

गत मंसिर २० गते देखी यहि पुस १३ गते बीचको अवधीमा बागलुङ बजारका विभिन्न ६ पसलहरुमा सिलसिलाबद्ध चोरीका घटनाहरु घटे पछी क्षुष्म अनुसन्धानमा लागेको प्रहरीले जैमिनी नगरपालिका वडा नं १ घर भई हाल बागलुङ नगरपालिका २ लालीगुराँस चोकमा डेरा गरी बस्ने आमा भविकलाको वर्ष १६ को छोरा टेक बहादुर किसानलाई चोरीका सामानहरु सहित पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार मिति २०७४।०८।२० गतेका राती जिल्ला बागलुङ बानपा- २ नेपाल टेलिकम कार्यालय अगाडी रहेको आराध्या ईन्टरपाईजेको सटरको ताला फोडी काउटरणमा रहेको नगद रू ६१२४० चोरी गरी लगेको, मिति २०७४।०८।२७ गते बानपा २ लोकतान्त्रिक चोक मुनी माछापुच्छे होटल अगाडी पार्किङ गरी राखेको ध १ ज ५८७ नं को ट्याक्सी तोडफोड गरी उक्त ट्याक्सी भित्र रहेको गाडीका कागजातहरु चोरी गरेको, २०७४।०८।२७ गतेका राती हलन चोकमा पार्किङ गरी राखेका ग १ ज ६०९४ र ग १ ज ६०९५ नं का जिपको सिसा फोडी जिप भित्र रहेका बिभिन्न विद्युतिय सामानहरु चोरी गरेको, मिति २०७४।०९।१३ गतेका राती बानपा २ अस्पताल रोडमा जनरल स्टोर संचालन गर्दै आएको खगेन्द्र प्रसाद शर्माको पसल फोडी सुनको मंगलसुत्र नमस्ते एनसिएलका रिचार्ज कार्ड चोरी गरेको,मिति २०७४।०९।१२ गतेका राती बानपा ३ स्थित बिद्या मन्दिर स्कुलका कार्यालय सहयोगी मन प्रसाद गोतामेले स्कुल नजिकैको हिरा बहादुर केसीको घरमा संचालन गर्दै आएको पसलको झ्याल फोडी नगद रु ९ हजारको नेपाल बैक लिमिटेड बागलुङमा रहेको खाता नं २२१०६५८९० नं को चेक र अन्दाजी २५०० बराबरको रिचार्ज कार्ड र नगद ३००० चोरी लगेको र मिति २०७४।०९।१३ गतेका राती बानपा ३ गुठी बस्ने टेक बहादुर किसानको गिफ्ट हाउस (पसल) फोडी गिफ्ट हाउस भित्र रहेका नगद तथा जिन्सी सर सामानहरु चोरी लगेको घटनाहरुमा जिल्ला प्रहरी कार्यालय, बागलुङमा कार्यरत प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी समेतको टोलीले छानविन गर्दा माथि उल्लेखित चोरीका घटनाहरुमा निज १६ वर्षिय किशोर टेकबहादुर किसान संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

अनुसन्धान टोलीले माथि उल्लेखित मितिहरुमा विभिन्न स्थानहरुबाट चोरी गरी लगेका नगद रु एकमुष्ट १३२४०/(तेह्र हजार दुई सय चालिस), तथा सुन (मंगलसुत्र) नेपाल बैक लिमिटेड बागलुङमा रहेको खाता नं २२१०६५८९० नं को चेक, नमस्ते तथा एनसिएलका रिचार्ज कार्डहरु, गाडीमा प्रयोग हुने विभिन्न म्युजिक सिस्टमका सर सामानहरु, गिफ्ट सामानहरु, गाडीका कागजातहरु र किराना पसलका सर सामानहरु लगायतका सर सामानहरु निज समेत बस्ने गरेको कोठाबाट बरामद गरी निज टेक बहादुर किसानलाई समेत नियन्त्रणमा लिई चोरी मुद्धामा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *