गायक कुलबिर थापाको पञ्चेबाजाको गीत ‘लाउली सिन्दुर चुरा मायाले’ लोकप्रिय बन्दै !

थम्मन थापा सन्देश, गल्कोट २०७४ पुस १५ । हिजो आज कलाकारिता क्षेत्रमा सर्जक तथा नव प्रवेशीहरुको आकर्षण दिनहुॅ बढदो छ । लोक संगीतको उर्बर भूमि मानिने बागलुङको गलकोट नगरपालिकाबाट पछिल्लो समयमा लोकसंगीतमा धेरै कलाकारहरुको जन्म भएको छ । लोकसंगीतमा युवा पुस्ताको आगमन हुनु प्रशंसनिय नै हो ।

वि.स २०४५ पौष महिनामा जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका सर्जक तथा गायक कुलबिर थापाले आफ्नो पञ्चेबाजाको गीत ‘लाउली सिन्दुर चुरा मायाले’ केहि समय पहिला बजारमा ल्याए । मौलिक पञ्चेबाजामा आधारित उक्त गीत आम श्रोता दर्शक माॅझ लोकप्रिय बन्दै गईरहेको छ । उक्त गीतमा चर्चित गीतकार शिव अखेलीको शब्द र गायक ईश्वर सिंहको लय रहेको छ । गीतमा आवाज गायक कुलबिर थापा र बहुचर्चित लोकदोहोरी गायिका देवी घर्तीको रहेको छ ।

भिडियोको छाँयाङकन गाउँको परिवेशसँगै मौलिकता झल्काउन गलकोट नगरपालिका ७ मल्ममा छायाङकन गरिएको थियो । गीतको भिडियोमा अभिनय गायक कुलबिर थापा र स्मिता राईको रहेको छ । माया पिरती सँगै लगनको महिनामा विवाहका कुरा भएको कथा वस्तुलाई गीतले समेटन खोजेको छ ।

सर्जक तथा गायक थापाले घुम्टेको लेकमा गुराँसै फूल्यो’ बोलको सालैजो गीतमा शब्द लेखेका छन भनें लोकप्रिय गायक विष्णु खत्रीको पञ्चेबाजाको गीती एल्वम धौलागिरीको गीतमा अभिनय समेत गरेका छन । ‘मोडलको रूपमा समेत देखिदै आएका थापाले अब केहि समय पछि पन्चेबाजाको गीती एल्वम “करुवाको जल” बजारमा ल्याउने तयारी गरिरहेको बताए । थापा रोजगारीको सिलसिलामा विगत ९ वर्षदेखि जापानमा कार्यरत छन ।

गाउमा छॅदा स्थानिय संघ संस्थामा काम गरेका उनी अहिले जापानमा समेत स्थानिय संघ संस्थामा आवद्व रहॅदै आएको जानकारी दिए । जापानको ओसाकामा रहेका थापाले त्यहाँ हुने जुन सुकै कार्यक्रममा आफ्नो सांगितिक प्रस्तुति समेत दिदै आएका छन । थापा अहिले गलकोट समाज जापान क्षेत्रीय समिति ओसाकाको सहसचिबमा कार्यरत छन । सानै उमेरमा समाजिक कार्यमा सक्रिय रहँदै आएका उनले जापानका शहरहरुमा हुने कार्यक्रममा समेत आफ्ना सांगितिक प्रस्तुति मार्फत प्रवासी नेपालीलाई थप मनोरञ्जन प्रदान गर्दै आएका छन र उनी पुर्व भलिवल खेलाडी पनि हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *