Menu

बडीगाडको रिखेटारीमा अस्पताल निर्माण गर्न ७० जनाले रु ८० लाख उठाई ९ रोपनी जग्गा खरीद !

कमल पौडेल, बागलुङ २०७४ पुस १५ । बडीगाड गाउँपालिका ग्वालिचौरका ७० जना समाजसेवीहरुले ग्वालिचौर कै रिखेटारीमा रु ८० लाख मुल्यमा ९ रोपनी जग्गा खरीद गरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने भएका छन् । उनिहरुले यस क्षेत्रको विकासको लागी आफूहरुले रकम संकलन गरेको र सो जग्गा दिन तयार भएको सहयोगदाता हरि आचार्यले ईबागलुङलाई जानकारी दिएका छन् ।

प्राविधिक हरि घिमिरेका अनुसार सो क्षेत्रको २४० रोपनी क्षेत्रफलवाट ९ रोपनी जग्गा निकालिएको हो । सो जग्गा व्यावस्थापनको लागी तिर्थराज भट्टराईको अध्यक्षतामा जग्गा व्यावस्थापन समिति तथा प्रेमनारायण भट्टराईको संयोजकत्वमा आर्थिक समिति गठन गरि काम सुरु गरिएको थियो।

हालै जिल्ला समन्वय समिति बागलुङका उपसंयोजक विष्णु प्रसाद भुसाल, वडीगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजा, कार्यकारी अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष अर्जुन खरेल लगाएतको टोलीले सो जग्गाको निरिक्षण गर्दै जग्गादाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

निरिक्षण टोलीकै रोहवरमा स्थानिय जग्गाधनी समेत रहेका आचार्यले २ लाख ८० हजार तथा कृष्ण पुनले १ लाख रकम हस्तान्तरण गरेका थिए ।
सो क्षेत्रमा गाउँपालिका स्तरीय १५ शैयाको प्राथमिक स्वास्थ अस्पताल निर्माण हुने बडीगाड गाउँपालिकाका अध्यक्ष पाइजाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *