बोल्न त मिल्दैन, तरपनि ५ नम्वर प्रदेशको राजधानी लुम्विनीमै हुनु पर्दछ- गोकण विष्ट

प्रेम सुनार, गुल्मी २०७४ पुस १४ । नेकपा एमालेका केन्दिय सचिव एबं गुल्मी क्षेत्र नं २ का संसद गोकर्ण बिष्टले ५ प नम्बर प्रदेशको राजधानी गौतमबुद्धको जन्मस्थललाई सम्मान गर्दै लुम्बिनीमै हुनुपर्ने जोड दिएका छन् । एक कार्यक्रमको उद्घाटन गर्न गृह जिल्ल्ला गुल्मी आई पुगेका नेता विष्टले पत्रकारहरुको जिज्ञाषमा भने–‘राजधानी तोक्ने जिम्मा प्रदेश सभाको हो , हामीले प्रदेश सभाको क्षेत्र अधिकार बाहिर बोल्न त मिल्दैन तर पनि गौमम वुद्धको जन्म स्थानलाई सम्मान गर्दै लुुम्विनी मैं हुनु पर्दछ भन्ने लाग्छ ।

उनले बाम एकता बारे कसैले शंका नगर्न आग्रह गरेका छन् । शुक्रवार गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसको ३५ औ वार्षिक उत्सव कार्यक्रम कार्यक्रमको उदद्दाटन गर्दै बिष्टले दुईपार्टी बिचको बैचारीक एकता भएकाले संगठन संरचना कस्तो रहने देखि नयाँ संरचना सहितको नयाँ पार्टी निर्माण हुँने भएकाले पनि केहि ढिलाई भएको बताए ।

उनले वामपन्थी एकताबारे बाहिर आएको हल्लाहरु सत्यता नभएको बताए । अब दुईपार्टी एकता कुनैपनि हालतमा रोकिदैन् बिष्टले भने ‘त्यसको निम्ती एमालेका पार्टी अध्यक्ष र माओवादीका पार्टी अध्यक्ष बिच दिनहु छलफल भइरहेको छ, बाम एकता भएरै छोडछ ।’ उनले अबको केहि दिनमै बामपन्थीहरुको सरकार बन्ने बताए । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न साथ नयाँ सरकारको बाटो अघि बढ्ने बताए ।

त्यस्तै गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै नेता विष्टले ले शिक्षाले नै देश र जनताको परिर्वतन हुँदै आएकाले हाम्रो शिक्षा प्रणाली उत्पादन मुखि हुनुपर्ने जोड दिए । उनले भने ‘जनताका छोराछोरीलाई शैक्षिक हिसावले माथि उठाउने, जनताले प्राप्त गर्ने शिक्षाको अधिकरलाई सुरक्षित गर्दै अबको शिक्षाले आम्दानीको भरपर्दो व्यवस्था हुने गरि रोजगारी नपाएर विदेशमा भौतारीनुपर्ने अवस्था अन्त्य गर्न तर्फ जोड दिएका छौं ।

दुई तिरका छिमेकी देशरुहले आर्थिक स्तर माथि उठाएकोले केही समयभित्र जनताको जीवनस्तर उठाउन नसकेमा हामी धेरे पछाडी पर्छौ बिष्टले भने ‘अब हामीले राजनितिक स्वर्थ भन्दा माथी उठेर देस र जनताको पक्षमा काम गर्ने बेला आएको छ ।’उनले जिल्लाको पुरानो र स्थानिय समुदायबाट सञ्चालिन रेसुङ्गा बहुमुखी क्याम्पसलाई अब छिट्टै आंगिक क्याम्पस बनाउने प्रकृया सुरु भई सकेको जानारी दिए । उद्घाटन समारहमो प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायतको विशेष आतिथ्यता थियो । उद्घाटन समारोहमा विद्याथीहरुले नाच गान गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

क्याम्पस प्रमुख हरिबहादुर केसीले वार्षिक प्रतिवेदन पेश गरेका । क्यम्पस सञ्चालक समिति अध्यक्ष शालिक पन्थीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख गोविन्द गौतमको संञ्चालनमा सम्पन्न कार्यक्रममा अभिभावक र विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *