Menu

राप्रपाले पुस १४ गते स्व. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व विषय बिचार गोष्ठी गर्ने

काठमाडौँ २०७४ पुस १२ । आगामी पुस १४ गते स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्रको जन्म जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्व श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व विषय बिचार गोष्ठी गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णयहरु गरेको हो ।

सोही बैठकले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुलिस क्लबमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको छ ।

यसैवीच बैठकले पार्टीको केन्द्रीय कार्य समितिको बैठक यहि पुस १९, २० र २१ गते काठमाडौमा गर्ने र केन्द्रीय परिषदको बैठक फागुनको दोश्रो हप्तामा विरगंजमा गर्ने समेत निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *