साताको तस्वीर : बजार बढार्दै प्रहरी !

बागलुङ २०७४ पुस १२ । त्यसो त, कुनै अवसर पारेर बेला बखत सरसफाई अभियान सन्चालन गर्ने परिपाटी बागलुङमा नभएको होईन । पर्व, महोत्सवका अवसरमा कहिले नेता प्रशासकको अगुवाई त कहिले संघसंस्थाहरुको अग्रशरतामा सरसफाईमुलुक कार्यक्रम गरिदै आएको पनि छ ।

बागलुङ जिल्लाको सदरमुकाममा आयोजना गर्न लागिएको बागलुङ महोत्सवको मुखैमा प्रहरीको सक्रियतामा बजार सरसफाई गरिएको छ । प्रहरीको यस सरसफाई कार्यक्रमले बागलुङ नगरवासीमा निश्चयपनि केहि सन्देश प्रवाह गरेको छ, जस्लाई नगरवासीले लाज नमानी ग्रहण गर्नु जरुरी छ, आफ्नो घर आगन अरुले कति दिन बढारिदिने ?

रातामाटाको पाखामा रहेको बागलुङ नगरपालिकाबाट छर्लंग देखिने बागलुङ बजारमा शान्ति सुरक्षामा समर्पित प्रहरीहरुले बन्दुकको ठाउँमा हातमा कुचो लिएर बजारको फोहोर बढार्दै हिँडेको दृश्य देखियो देखिएन, त्यो आफ्नै ठाउँमा छ तर प्रहरीको यस सत्कार्यलाई साधुवाद गर्दै अब सबैले आँखा उघारेर हेर्नुपर्ने अवस्था भने सिर्जना भएको छ ।

तस्वीर सौजन्य : पत्रकार बिजय राना, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *