परिश्रम गरे गाउँघरमै छ आम्दानी : च्याउ खेतीबाटै मनग्गे आम्दानी गर्छन्, श्रीपाली !

टिकाराम भट्टराइ, बुर्तिवाङ २०७४ पुस १२ । आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन ।’ गतिलो रोजगारी भेटिएन, यो देशले मेरो खाँचो देखेन भन्दै विदेशिने युवाको लर्को लागेका बेला , गतिलो प्रेरणा बनेका छन् ,देशमै केही गर्छु भनेर बैदेशीक रोजगारी त्यागेर स्वदेशमै कृषी गरी गतिलो अम्दानी गरीरहेका ढोरपाटन नगरपालिका वडा न १ खाराखेत रातामाटाका किसान लाल बहादुर श्रीपाली ।

३६ वर्षीय श्रीपालीले गाउँ ठाउँमै बसेर च्याउ खेती गरेरै मासीक रु १५ हजार आम्दानी गर्न सफल भएको बताउछन् । ३५ दिन भित्रमा एक लटको च्याउ उत्पादन हुन्छ , यस अघिको लटबाट मात्रै ३० हजार रुपैयाँ चोखो मुनाफा कमाएको उनले बताए । झण्डै २ रोपनी जग्गामा २ ओटा टनेल बनाएर कन्ये जातको च्याउखेतिको साथसाथै बाँकी रहेको जग्गांमा आलु,बन्दा,काउली,साँग लगायतका सागसब्जीँ लगायका श्रीपालीलाई घरपरिवारको पनि सहयोग रहेको छ ।

उनले गाउँ एवं बजारमै किलोको ३ सय रुपैयाँसम्ममा च्याउ बेचे । च्याउको बजारका लागि समेत समस्या नभएको उनको अनुभव छ । श्रीपालीले उत्पादन गरेको च्याउ बुर्तिबाङ बजार नजिकै भएकाले बजारमै खोसाखोस गरी खपत हुने गरेको र धेरै जसो ग्राहकले त झन टनेल सम्मै पुगेर कीन्ने गरेको बताउछन् ।

ढोरपाटन नगरपालिका वडा न ३ को छरछरे रातामाटामा करिब २ रोपनी जग्गा भाडाँमा लिएर सुरुमा साथीसंग मिलेर गरेका श्रीपालीले पछि आफु एक्लैले गर्न थालेपनि ‘च्याउबाट भरपुर आम्दानी भएको बताउछन् । उनी भन्छन ‘सधैँ एकनासको कमाई हुँदैन । लगातार हार नमानी काम गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ ।’
श्रीपालीले च्याउ खेती गर्ने प्रविधि पाँच वर्ष पहिले पोखरामा सिकेको हुँ भन्छन “तालिम पछि म मोटो रकम कमाउनको निम्ति बिदेश गए तर भाग्यले साथ दिएन काम पनी अप्ठ्यारो प¥यो । पछि सोचे यहाँ बगाउने पसिना आफ्नै देश नेपालमा बगाउँछु । केहि समय काम गरेपछी स्वदेश फर्कीएका श्रीपालीले च्याउ खेति सुरु गरे पछि राम्रै आम्दानी भएको बताए ।

कृषि कार्यबाट मनग्य आम्दानी गर्न सफल यी युवा जस्ता दिनप्रतिदिन विदेशीने युवाहरुलाई नेपालमै काम गर्ने वातावरण राज्यले मिलाए आफ्नै देशमा पेशा–व्यवसाय गरेर नेपालमै केहि गरे वैदेशीक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने उनको बिचार छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *